अनेरास्ववियू पाल्पाले मनायो जनयुद्व दिवस तथा सहिद स्मृति दिवस

पाल्पा । अनेरास्ववियू जिल्ला संगठन समिति पाल्पाले जनयुद्व दिवस तथा सहिद स्मृति दिवसको अवसर पारेर विद्यार्थीहरुलाई टिकालगाई पेन तथा चक्लेट वितरण गरी विजय उत्सव मनाएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थीयूनियनले विजय उत्सवको अवसरमा एक कार्यक्रमका बिच त्रिभुवन बहुमुखि क्याम्पसका सातसय विद्यार्थीलाई टिका लगाई पेन तथा चक्लेट वितरण गरेको हो ।
कार्यक्रममा केन्द्रीय सदस्यविक्रम राना, सीता रास्कोटी, पदम बस्याल, नविन आचार्य, बालकृष्ण देवकोटा, मुकुन्दबञ्जाडे, असिम नाम्जाली, ताराबहादुर रायमाझी, ऋषि पाठक लगायतका विद्यार्थी नेताहरुकोउपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला संयोजक पदम सोमैको नेतृत्वमा भएको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्