Shittalpati
‘नेपालमा अहिले पनि सात खर्ब बेरुजु’

बुटवल । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेपालमा अहिले पनि सात खर्ब बेरुजु रहेको बताएका छन् ।

बुटवलमा रिपोर्टर्स क्लव प्रदेश पाँचले शुक्रबार आयोजना गरको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शाहाले संस्थागत भ्रष्टाचार बढ्दै गएकाले बेरुजुको पनि बढ्दै गएको बताएका हुन् । आफ्नो समितिले बेरुजु फस्यौटको काम गरिरहेको भन्दै उनले नेपालमा ७ खर्ब बेरुजु रहेको जानकारी गराए । बेरुजु बढेकाले तपाई के गर्नु हुन्छ भन्ने पत्रकारको जवाफमा उनले भने ‘हामी प्रहरी कारबाही गर्न प्रहरी होइनौँ र गर्न पनि हामीले मिल्दैन तर कहाँ अनियमितता भएको छ, खोज्छौं । यथार्थ तथ्य सहित कारबाहीका लागि सिफारिस गछौं ।’ सभापति शाहले संस्थागत भ्रष्टाचार बढ्दै गएको दावी गरे । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अबस्था आउन लागेको बताए ।

सभापति शाहाले सरकारले भ्रष्टाचार कम गर्ने नारा मात्रै भट्याउने तर व्यवहारमा त्यसको उल्टो भैरहेको उनले तर्क गरे । अदालत, वाइडबडी, एनसेल, गोकर्ण, बालुवाटार लगायतका काण्डमा छानविन भइरहेको र कतिपय काण्डमा आफूहरुले गरेको निष्कर्ष नै अन्तिम भएको उनले बताए । शाहले समय आएपछि सबै कुरा दूधको दूध र पानीको पानी हुने कुरामा आफूविश्वस्त रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update