Shittalpati
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी दुर्घटना र यसबाट हुने क्षतिमा अपेक्षाकृत कमी आउन सकेको छैन । यसवर्षको पहिलो महिना वैशाख र जेठमा सार्वजनिक भएको ट्राफिक तथ्याड्ढले यही चुनौतीपूर्ण यथार्थ उजागर गरेको छ ।

यसअवधिमा भएका २४० दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने ६४१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार जेठ महिनामा मात्रै प्रदेशभर १५० वटा सवारी दुर्घटना भएकोमा ४० जनाले ज्यान गुमाएका छन् भने २५५ जना घाइते भएका छन् । यसवर्षको पहिलो महिना वैशाखको तुलनामा दुर्घटना संख्या केही घटेको देखिए पनि प्रत्येक दिन औसत पाँच वटा दुर्घटना र दैनिक एकभन्दा बढीको मृत्यु हुनु चिन्ताजनक अवस्था हो । वैशाखमा प्रदेशभर १८९ वटा दुर्घटना भएका थिए । त्यसमा ४३ जनाको मृत्यु र २८६ जना घाइते भएका थिए । जेठमा दुर्घटना ३९ वटाले घटे पनि मृत्युदरमा उल्लेखनीय सुधार आउन सकेको छैन ।
तीव्र गति नै दुर्घटनाको कारक
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापा दुर्घटनाको विश्लेषण गर्दा सबैभन्दा डरलाग्दो तथ्य तीव्र गतिमा सवारी चलाउनुनै मुख्य कारण रहेको बताए । उनले अधिकांश दुर्घटना तीव्र गतिकै कारणले भएको पाइएको तथ्याड्ढ बताउन्छन् । जेठमा चालकको कारण भएका दुर्घटनामध्ये तीव्र गतिका कारण ९९ वटा दुर्घटना, मादकपदार्थ सेवनका कारण १७ वटा, चालकीय असक्षमताका कारण १८ वटा, लेन अनुशासन उल्लङ्घनबाट नौ वटा, मोबाइल फोन प्रयोगबाट एक वटा, निद्रा वा थकानबाट एक वटा, अनावश्यक ओभरटेकबाट दुई वटा र अन्य लापरबाहीबाट तीन वटा दुर्घटना भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनज· बुढथापाले सार्वजनिक गरेको तथ्याड्ढमा छ । मादकपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको र जेठमा मात्रै प्रहरीले एक हजार ११३ जना चालकलाई मादकपदार्थ सेवन (मापसे) गरेको अभियोगमा कारवाही गरेको तथ्याड्ढमा छ । यसबाट मात्रै छ लाख नौ हजार बढी राजस्व सड्ढलन भएको छ । ट्राफिक प्रहरीले जेठ महिनामा १२ हजार ८०४ वटा सवारीसाधनमाथि कारवाही गरेको छ । यसबाट रु एक करोड ४८ लाख ३९ हजार ५०२ जरिवाना सड्ढलन गरेको छ । वैशाखमा १० हजार १११ कारवाही र रु एक करोड ६५ लाख ७६ हजार ५०९ जरिवाना सड्ढलन भएको थियो । दुर्घटना र क्षतिमा कमी आउनुमा ट्राफिक प्रहरीको सक्रियता र चेतनामूलक अभियानलाई मुख्य कारण मानिएको थापाले बताए । जहाँ वैशाखको तुलनामा जेठ महिनामा कारबाही संख्या १० हजार ९११ बाट बढेर १२ हजार ८०५ पु¥याइएको छ भने जनचेतना कार्यक्रमबाट लाभान्वित हुनेको संख्या ५२ हजार ३५५ बाट वृद्धि भई ७७ हजार ०५३ पुगेको छ । दुर्घटना रोकथामका लागि प्रहरीले कारवाहीसँगै जनचेतनालाई प्राथमिकता दिएको छ । जेठ महिनामा एक हजार ४१९ जनालाई प्रत्यक्ष ट्राफिक सचेतनाका कार्यक्रममा सहभागी गराएको छ । ६७ हजार ५३ जनालाई विभिन्न कार्यक्रममार्फत लाभान्वित भएको र १८३ सवारीचालक तथा सहचालकको जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update