Shittalpati

रेसुङ्गा (गुल्मी), गुल्मीको रेसुा गौशाला क्षेत्रमा एक जना व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका –३ भाडगाउँका ७५ बर्षिय ज्ञानेश्वर पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पाण्डे गौशालामा बस्दै आएका थिए । दिउँसो २ बजे गर्जुराबाट गौशाला जाने क्रममा सडकदेखि १०–१५ मिटर तल लडेको अवस्थामा उनको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदिप नेपाली सहितको प्रहरी टोली घटनास्थल गएको सारुले बताए ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update