देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
देउखुरी (दाङ), गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्

