गुल्मी, छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो ।
पछिल्लो तथ्याड्ढअनुसार हाल एक लाख ३१ हजार १ सय २७ जना स्वास्थ्य बिमामा आवद्ध बनिसकेका छन् । बिमामा आवद्धता हुनेहरुमा ६७ हजार ५ सय १७ महिला र ६३ हजार ६ सय ८ पुरुष रहेका छन् । जिल्लामा रहेका १२ स्थानीय तह मध्यमा संख्याका आधारमा रेसु·ा नगरपालिका स्वास्थ्य बिमा गर्नेमा सबैभन्दा अगाडि छ । उक्त नगरपालिकामा २५ हजार २ सय १२ व्यक्ति बिमामा आबद्ध भएका छन् । त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २ सय १७ बिमित बनेका छन् । जिल्लामा पालिकाहरुमा रहेको जनसंख्याका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरै नागरिक बिमित बनेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य बिमा दर्ता अभियानमा नागरिकहरुले सक्रिय सहभागिता जनाएको अध्यक्ष यदु ज्ञवालीले बताए । उनले यस आर्थिक वर्षमा पालिका भित्र ९० प्रतिशत बिमित पुर्याउने योजना रहेको बताए । अध्यक्ष ज्ञवालीले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गाले अगाडि बढाइएको जानकारी दिए । त्यसैगरी मुसिकोट नगरपालिकामा आठ हजार २ सय ६१, चन्द्रकोट गाउँपालिकामा छ हजार ५ सय १७, धुर्कोट गाउँपालिकामा १० हजार ७ सय ३३, छत्रकोट गाउँपालिकामा १२ हजार ५ सय ७३ र गुल्मीदरबारमा १० हजार ४ सय ३१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । त्यसैगरी इस्मा गाउँपालिकामा सात हजार ७ सय ९०, कालिगण्डकीमा छ हजार ८ सय २१, मदाने गाउँपालिकामा तीन हजार ९ सय ३२, मालिका गाउँपालिकामा आठ हजार ४ सय ५१ र सत्यवती गाउँपालिकामा १६ हजार १ सय ९० जना नागरिक स्वास्थ्य बिमामा आबद्ध बनिसकेको बताइएको छ । जिल्लामा छ वर्षको अवधिमा कुल जनसंख्याका आधारमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनिसकेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी घिमिरेले बताए । जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहा· प्राथमिक स्वास्थ्य केन्द्र गरी सातवटा अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन् । विगत वर्षहरुको तुलनामा जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको संख्या बढ्दै गएको दर्ता अधिकारी घिमिरेले बताए । स्वास्थ्य बिमा कार्यक्रमका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।


