Shittalpati
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै 

पाल्पा, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपाल सहित विश्वभर मनाइँदै । उड्ययन सम्बन्धी विभिन्न कार्यक्रम गरी आज दिवस मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उययन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । उड्डयन क्षेत्रलाई भरपर्दो , गुणस्तरीय र सुरक्षित बनाउनुको साथै अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र र विमानस्थलको सुरक्षा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष यो  दिवस मनाउने गरिन्छ । आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डन दिवसको मान्यता दिएको थियो । नेपालमा सन् १९५७ मा नागरिक उययन प्राधिकरण स्थापना भएको हो । उययनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समुदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकाशमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दुर्घटनाका कारणहरू नियन्त्रण बाहिर हुन्छ भने उययनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्न सके धेरै दुर्घटनाहरू कमी हुन सक्छ ।

वास्तवमा भन्ने हो भने हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन र त्यससँगै यसका चुनौतीहरू पनि आएका छन् । सन् २०१४ मा मलेसियाको क्वालालम्पूर विमानस्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाइन्सको जहाज अझै भेटिन सकेको छैन । धेरै यात्रुवाहक विमानहरू युद्धको आवेशमा भएका प्रहारले खसालिएका छन् अनि कैयन विमानहरू अनि तिनका अवशेषहरू अझै फेला पर्न सकेका छैनन् । नेपालमा भएका पछिल्ला केही ठूला विमान दुर्घटनाले नेपालीहरुमा ठूलो चोट दिएर गएको छ । । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न आवश्यक छ । अझै पनि नेपाली आकाशमा सिङ्गल इन्जिन सहितका जहाजहरू यात्रुसहित उडाइँदै छन् यसलाई विडम्बना नै मान्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update