
नेपाली साहित्यको फॉटमा अत्यन्त उर्वर विधाको रूपमा लिइएको कविता सर्वप्राचिन एवम् सम्वृद्ध विधा हो । पाल्पाको साहित्यिक इतिहासमा समेत सबैभन्दा बढी कृति प्रकाशित भएको विधा पनि कविता नै हो । कवितालाई काव्य पनि भनिन्छ । गुल्मीका सन्त शशिधर स्वामि (वि.स. १८०४–१९०६) को भक्तिधारा र भानुभक्त आचार्यको पाल्पा आगमनपछि भानुको कविता शक्तिबाट प्रभावित भई छविलाल नेपाल (वि.सं. १९०५–१९७९) ले नेपाली भाषामा गोपीगीत, पुत्रशिक्षा, खड्गस्तुति लगायत फुट्कर कविताहरू लेखेंसँगै पाल्पामा नेपाली भाषामै साहित्य लेखनको शुभारम्भ भएको हो । शास्त्रकवि प.माधवप्रसाद देवकोटा (वि.सं. १९६०–२०३९) ले पाल्पाको काव्यिक धरातललाई राष्ट्रियस्तरसम्म नै उठाएका थिए ।
पाल्पामा कविता साहित्यको प्रकाशित इतिहासको कृतिहरूको चर्चा गर्दा विभिन्न कालखण्डमा विभिन्न स्रष्टाहरूद्वारा गद्य र पद्य दुवैमा महाकाव्य, खण्डकाव्य, काव्य, कविता, नाटककाव्य, भजन, गीत, गजल मुक्तक लगायतका कृतिहरू प्रकाशित हुनुका साथै परिकल्पित लघु उपविधा अन्र्तगत साइनो, शीत, त्रिशूल लगायतका काव्य कृतिहरू प्रकाशित भएका छन् । यी सबै कृतिहरूले देश काल परिस्थिति अनुरूप भूत, वर्तमान र भविष्य बोलेका छन् । यसै परिपेक्ष्यमा सिर्जनशील कवि पुरनबहादुर शाक्यद्वारा लिखित कविता सङग्रह बुद्ध रश्मि प्रकाशित भएको छ । कविज्यूले सहलाई दुई भागमा बाँडेका छन् । पहिलो भागलाई बुद्ध रश्मी र दोस्रो भागलाई कवि को हो ? कविता । नामकरण गरिएको छ । पहिलो भागभित्र ४५ वटा कविताहरू रहेका छन् र यी सबै कविताहरू बौद्ध धर्म, दर्शन, अहिंसा, शान्ति, सद्भाव केन्द्रित रहेका छन् । दोस्रो भागभित्र २५ वटा कविता रहेका छन् र यी कविताहरू भने राष्ट्रबोध केन्द्रित रहेका छन् । यसैले एउटै सङग्रह भित्र कविले दुई वटै सहको एकिकृत कविता प्रकाशन गर्नु भई निकै नै चार्तुयतापूर्ण कार्य गरी दष्टाको ध्यानाकर्षण गराएका छन् । बौद्ध दर्शनका प्रणेता महामानव सिद्धार्थ गौतम हुन्, उनलाई भगवान बुद्ध पनि भनिन्छ । बुद्ध भनेको व्यक्तिको नाम होइन जसले बोध गर्ने काम गर्छ उसैलाई बुद्ध भनिन्छ । चर्तुरआर्य सत्य बुद्धको मूल उपदेश हो । चतुर भनेको चार आर्य भनेको उत्तम, पवित्र र सत्य अर्थात् जहिले पनि सहि भइरहेने हो पहिले आर्यसत्य दुःख हो दोस्रो तृष्णा नै दुःखको मूल कारण हो । तेस्रो तुष्णाको निरोध नै निर्वाण हो र चौथो दुःख निवारणका लागि अष्टाक मार्ग अपनाउनु पर्दछ । अष्टा·िक मार्गहरू मध्ये ठीक बोली, ठीक कर्म र ठिक जीविकोपार्जनलाई शील, ठीक प्रयत्न, ठीक स्मृति र ठीक एकाग्रतालाई समाधि र ठीक धारणा तथा ठीक बिचारलाई समाधि र ठीक धारणा तथा ठीक विचारलाई प्रज्ञा भनिएको छ अष्टा· मार्गलाई नै शील, समाधि र प्रज्ञा भनिएको छ ।
कवि शाक्यको रश्मी कविता संग्रहको पहिलो भाग बुद्ध रश्मी भित्र यस्तै शील र समाधि र प्रज्ञामुखी कविताहरू संग्रहित रहेका छन् बुद्धचित्त, जीवन सार, दुःख सागर, नमन बुद्ध लगायतका शीर्षकमा कविताहरू शील सम्बन्धित रहेका छन् बुद्ध, बद्ध, बुद्ध, बुद्ध शाश्वत सत्य, बोधिसत्व, जीवन निर्वाण, मन महिमा, राजशाक्यलाई सम्झदा, प्रितिचित्त, भन्ते बन्दना, यो मन शीर्षक लगायतका कविताहरू समाधि केन्द्रित रहेका छन् भने बुद्ध लुम्बिनी, जीवन हृदय, जीवन जगत १ र २, स्वर्गको टुक्रा लुम्बिनी कविताहरू प्रज्ञामुखी रहेका छन् । भाग दुई भित्र रहेका कविताहरू राष्ट्रबोध रहेका छन् । पलपलमा धरहरा, भुकम्पले भत्किएका विम्बहरू, राष्ट्र भुकम्प र राहत, मेरो चार मुक्तक, वाकमाण्डू–काठमाण्डू, कोलाहल काठमाण्डू लगायतका कविताहरूमा मुलुकको समसामहिकता उजागर गरिएको छ । जिन्दावाद, मूर्दावाद, आन्दोलन उफ आन्दोलन, बलात्कार सरकार, देश–दशा दिशा, नेता चाला शीर्षक लगायतका कविताहरूमा राजनीतिक व्य·य सचेतना पाइन्छ । शहर धूलोः धुवाँ, भ्रष्ट शाषक– दानव राक्षस, सुनखाडल नेपाल, तीन मुक्तक यो कस्तो कसको देश ? शीर्षक लगायतका कविताहरूले मुलुकको भूत, वर्तमान र भविष्यको चित्रण गरेका छन् ।
सहमित्र रहेका समग्र कविताहरूको अध्यन गर्दा कविताको संरचनामा विविधता पाइन्छ स्वतन्त्र छन्दमा लेखिएका अधिकांश कविताहरू अन्त्यानु प्राश मिलेका गेयात्मक रहेका छन् भने केही कविता गद्यात्मक रहेका छन् । कुनै विषयवस्तुको उदाहरण दिदा विम्ब र कुनै पात्रलाई उप प्रतिकको प्रयोग गरे कविताहरू सरल भाषा शैलीमा रचिए छन् । भाग एक भित्रका कविताहरू करूण तथा शान्त रसमयी रहेका छन् भने भाग दुई मित्रका कविताहरुक करूणा र शान्त रस सँगै वीर, रौद्र, हाँस्य र अद्भुत रसहरू समेत प्रयोगभएको रस्वादन गर्न पाईन्छ । कविताहरुमा व्यञ्जना शब्दशक्तिभन्दा अभिधा र लक्षणा शब्दशक्तिको बढी प्रयोग भएको पाइन्छ । कविताको माध्यमद्धारा कविले प्रत्येक मानिसको मन र मुलुकमा शान्ति हुनुपर्दछ मन शान्तिको लागि बुद्ध बनौ र बुद्ध बनेसँगै मुलुकमा समृद्धि आउँछ। यसर्थ यो मानव कल्याण, नेपाली र नेपालको भविष्य सँगै शान्ति स्थापनाको लागि मन वचन र कर्मले प्रत्येक व्यक्ति लागौ भन्ने सन्देश कवितामा पाइन्छ समग्रमा अनुपम कविता स·्रह बुद्ध रश्मि मित्र सत्यम शिवम् र सुन्दरको उत्कृष्ट संयोजन रहेको छ । कृति मननीय, महलनीय, पठनीय, उदाहरणीय सग्रहणीय एवं विलोकनीय रहेको छ । बुद्धवली क्षेत्रभित्र पर्ने पाल्पा साहित्यको दृष्टिकोणले उर्वर भूमि हो । सेनकालीन समय देखिनै पाल्पाको भाषा, कला, संस्कृति, साहित्य र सभ्यता अब्बल रहेदै आएको छ । कालिम्पोङबाट प्रकाशित हुने धर्मोदय र नेपाल भाषामा प्रकाशित हुने धर्म दूत पत्रिकामा पाल्पाका अग्रजहरु अम्विका प्रसाद लाकौल, अयोध्या प्रसाद प्रधान, मथुराप्रसाद प्रधान आदिको सिर्जनाहरू छापिएसँगै पाल्पाका बौद्ध वांगमयको शुभारम्भ भएको मानिन्छ । पाल्पाका भिक्षु शाक्यानन्द महास्यवीर, भिक्षु डा. अमृतानन्द महास्थवीर, भिक्षु चुन्दशास्त्री महास्थवीर, आचार्य भिक्षु कुमार कायस्थ महास्थवीर, भिक्षु विमानन्द महास्थवीर, भिक्षु ज्ञान पूर्णिक महास्थवीर लगायतका विद्वानहरूद्वारा पाल्पामा बौद्ध बाङ्मय केन्द्रीत कृतिहरू प्रकाशित भएको पाइन्छ पाल्पा तानसेन नारायणटोलमा जन्मिएका अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य र उनको धर्मपत्नी धर्मी शाक्यज्यूद्वारा समेत बौद्ध वाङ्मयमा आधारित कृतिहरू, प्रकाशित भइसकेका छन् उल्लेखित श्रष्टाहरूका प्रकाशित कृतिहरूले समग्र मुलुककै बौद्ध वांगमयको क्षेत्रमा कालजयी योगदान पु¥याउँदै आएका छन् । यसै परिप्रेक्ष्यमा बौद्ध धर्मका पालक, बौद्ध दर्शनका चिन्तक, बौद्ध वाङ्मया साधक पुरनबहादुर शाक्यले नेपाली साहित्यको श्रीवृद्धिका लागि बौद्ध बाङ्मयको कापिकरण गर्दै काव्य कृति ‘बुद्ध रश्मि’ सार्वजनिकरण गरेकोमा हार्दिक बधाई कृतिले कविता साहित्यको भण्डारमा सुनौलो स्थान प्राप्त गर्नसकोस् प्रार्थना । कविज्यूको बाँकी जीवन काव्यमय बनिरहोस् – शुभकामना ! (रेग्मी पाल्पाका स्थापित साहित्यकार समेत हुन् ।)