
विष्णु घर्ती ‘भनभनेली’
आफ्नै वरपरको गाउँ समाजमा सार्वजनिक सेवाप्रवाहमा संलग्न हुन पाउनु पनि एउटा सुवर्ण अवसर नै हो । यस अवसरलाई अब्बल बनाउन अगाडि त बढ्नै पर्दछ भने सम्वद्ध पक्ष एवम् पदाधिकारीहरूको प्रत्यक्ष भूमिका पनि अहम् नै हुने गर्दछ । यसै सन्दर्भ र समन्वयका आधारमा संस्थागत मूल्य मान्यतालाई स्थापित गर्नका लागि यस स्थानीय सरकारमा प्रशासनिक कार्यसञ्चालनको अगुवा हुने अवसरको भरपुर उपयोग गर्ने प्रयत्न गरियो । यसका लागि सरोकारित महानुभावहरूप्रति पुनः विशेष आभार प्रकट गर्दै यसै आलोकमा शुद्धोदन गाउँपालिका, मानपकडी, रूपन्देहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा मिति २०८०/११/२३ देखि २०८२/०२/११ सम्म कार्यसम्पादन गरिरहँदा र गर्न पहल गरेका मुख्य –मुख्य संस्थागत क्रियाकलापहरू तथा सुधारका क्षेत्र र कार्यहरू देहाय अनुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
(१) शुद्धोदनको खोजविनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रसँग सहकार्य
(२)सम्वद्ध विज्ञहरूद्वारा शाक्यमुनि बुद्ध पिता शुद्धोदन सम्बन्धी ५ वटा कार्यपत्रहरू प्रस्तुत तथा छलफल र अन्तक्र्रियाको नीति र बहस सम्पन्न ।
(३) शुद्धोदनको मूर्ति, आकृति र चित्र निर्माणका लागि विज्ञ र कलाकर्मीसहितको कार्यशाला सम्पन्न
(४) शुद्धोदन सम्बन्धमा खोज अनुसन्धान गरिएका ऐतिहासिक तथ्य, तथ्याड्ढ र प्रमाणहरू आदिको संकलन गरिएको विशेष प्रकाशनको लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सम्झौता ।
(५) गा.पा.को (प्रतीक चिन्ह) लोगो डिजाइनको फाइलन र लागू ।
(६) गा.पा.को नाममा व्याकरणीय शुद्धिकरण र प्रयोग
(७) गा.पा.का कार्य प्रगतिहरू समेटिएको शुद्धोदन बुलेटिनु प्रकाशन प्रारम्भ
(८)आ.व. अनुसार वार्षिक कार्ययोजनासहितको क्यालेण्डर प्रकाशन
(९)शुद्धोदनका लोक सांस्कृतिक सम्पदाहरू पुस्तक प्रकाशन
(१०) गा.पा. गान फाइनलको अन्तिम चरणमा
(११)विभिन्न सेवाका १० जना प्राविधिक कर्मचारीहरूको करार सेवा परीक्षामार्फत पदपूर्ति
(१२)वडा नं. १ को नयाँ वडा कार्यालयबाट सेवा प्रारम्भ
(१३) वडा नं. ३ को आधारभूत स्वास्थ्य इकाइको आफ्नै भवनबाट सेवा प्रारम्भ
(१४) कार्यालयको बाहिरी पर्खालमा विभिन्न सन्देश र धार्मिक स्थलको चित्रसहितको वाल पेन्टिङ्
(१५) मूल गेटको मर्मत तथा लेखन, साइनबोर्डको व्यवस्था र मूल सडकसम्म रेलिङ् निर्माण
(१६) परिसर बाहिर दायाँवायाँ, मूख्य बाटोसम्म र स्वास्थ्य चौकीसम्म झाडी सफाई
(१७) कार्यालय भवन अगाडि राष्ट्रिय झण्डा राख्ने स्थलको निर्माण र प्रयोग
(१८) शुद्धोदनको मुर्ति राख्ने स्थान निर्माण, माटो पटान तथा चाइनिज दुबो रोपण
(१९) कार्यालय अगाडि क्यारी बनाई फुलहरू तथा हेज रोपण र व्यवस्थापन
(२०) परिसर भित्र धुपी, फलफूल र जडिबुटीका विरुवा रोपण र व्यवस्थापन
(२१) कार्यालय परिसररु भित्र मौरी (५ घार) पालनको प्रारम्भ
(२२) कार्यालय भित्र प्रदेश र गा.पा.का मूख्य स्थान, धर्म, संस्कृति आदि झल्कने विभिन्न तस्बिरहरू तथा गमलाका फुलहरूको सजावट
(२३)सभारसमारोह हलमा दीर्घकालीन सोच, डिजिटल ब्यानर, राष्ट्रिय चिन्हहरू, लोगोहरू, साउण्ड सिस्टम बक्स तथा थप डेक्स र बेञ्चहरूको व्यवस्थापन
(२४) गा.पा.का चारवटै प्रवेश बिन्दूमा डिजिटल स्वागत तथा धन्यवाद बोर्डहरू जडान
(२५)मूख्य कार्यालय र गेटमा लोगोसहितको डिजिटल बोर्ड र लेखाइको व्यवस्थापन
(२६) पार्किङ स्थल मर्मत, बाहिरी भर्याङ् र क्यान्टिन अगाडि ट्रस्ट निर्माण तथा सरसफाई
(२७) गा.पा.कार्यालय, मातहत कार्यालय र शिक्षालयमा समेत अनिवार्य इ–हाजिरी प्रणालीको प्रयोग
(२८) इ–सिफारिस प्रणाली लागू गर्न स्वयम् सेवक छनौट सम्बन्धी परीक्षा सञ्चालन
(२९) विद्युतीय सुशासन व्यवस्थापनका लागि प्रदेशबाट नवप्रवर्तन कार्यक्रम स्वीकृत
(३०)राजस्व शाखाको स्थापना, जिम्वारी प्रदान र लेखा समितिलाई क्रियाशील
(३१) बेरुजु फछ्र्यौटमा ४ करोड बढी सम्परीक्षण, आहिलेसम्मकै उल्लेख्य प्रगति हासिल
(३२) गाउँसभाको आधवेशनमा वार्षिक नीति तथा कार्यक्रमको छपाई प्रति वितरणको व्यवस्था
(३३) सानो टिपोट कागज (पकेट डायरी) को छपाई र वितरण
(३४)विषयगत शाखाहरू, वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूबाट प्रवाह गरिने सेवा सम्बन्धी नागरिक बडापत्रको एकीकृत रूपमा स्थानीय सेवाप्रवाह बडापत्र प्रकाशन तथा वितरण
(३५) कार्यक्रमहरूमा व्याच, खादा, मालाको प्रयोग नगर्ने व्यवस्था
(३६) शाखागत, वडागत, प.अ.गत, सम्पूर्ण कर्मचारीगत मासिक तथा चौमासिक बैठक बस्ने र प्रगति विवरण पेश गर्ने व्यवस्था
(३७) प्रत्येक ३र३ महिनामा स्वतः प्रकाशनको आरम्भ तथा निरन्तरता
(३८) सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको जिम्मेवारी कानुन अनुसार तोकी थप क्रियाशील तथा विवरणसहितको बोर्ड राख्ने व्यवस्था
(३९) गा.पा. मातहत सबै निकायका सूचना अधिकारीहरूलाई प्रशिक्षण प्रदान
(४०) कार्यपालिका तथा गाउँसभाका जनप्रतिनिधिहरूको फोटोसहितको विवरण उल्लेख भएको फ्ल्यास बोर्ड मूख्य स्थानहरूमा व्यवस्थापन
(४१) दैनिक १० बजे राष्ट्रिय गान बजाउन प्रारम्भ र त्यसमा सरिक हुने व्यवस्था
(४२) त्रैमासिक र अर्धवार्षिक प्रगति समीक्षा नियमित रूपमा गर्ने गराउने व्यवस्था
(४३) कार्यपालिका बैठक कक्षमा राष्ट्रिय गान, नेम प्लेट र बैठक संख्यासहितको व्यानर प्रयोग
(४४) रोपाई महोत्सव एवम् राष्ट्रिय धान दिवस मनाउन शुरू
(४५) नेपाली र थारु भाषामा समेत सुन्नेवाला नागरिक बडापत्र लागू
(४६) स्थानीय तह संस्थागत क्षमता स्वमूल्याड्ढन प्रणाली (LISA) मा गत वर्ष ६७ दशमलव २५ अड्ढ ल्याएकोमा यो वर्ष ९० दशमलव २५ अड्ढ ल्याई जिल्लामा छैटौं स्थान प्राप्त
(४७) स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याड्ढन प्रणाली (FRA) मा गत वर्ष ५५ दशमलव ५ अड्ढ ल्याएकोमा यो वर्ष ७७ अड्ढ प्राप्त
(४८) सम्वद्ध र विषयगत कानुन, नियम र प्रक्रियाहरू पालनामा जोड तथा प्रोत्साहन
(४९) सिभिल प्राविधिकहरूलाई (Laptop) को व्यवस्था
(५०) प्रयोगमा नरहेका दुई पाङ्ग्रे सवारी साधनको उपयोग
(५१) जनतासँग जनप्रतिनिधि रेडियो कार्यक्रम प्रारम्भ
(५२) बौद्ध दर्शन सम्बन्धी कार्यक्रमरकार्यशाला आरम्भ
(५३) गा.पा.को प्रथम पञ्चवर्षिय आवधिक योजनालाई अन्तिम रूप प्रदान
(५४ं) राष्ट्रिय तथ्याड्ढ कार्यालयको सहकार्यमा विस्तृत तथ्याड्ढ प्रतिवेदन तयार
(५५) कर्मचारीलाई प्रोत्साहनका लागि क्षेत्रगत रूपमा छनौट र सम्मान
(५६) नदीजन्य पदार्थको हालसम्म सबैभन्दा बढी (१० वटा घाट) को ठेक्का लागेको
(५७) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी बजेट परीक्षण
(५८) स्थानीय विपद कार्य सञ्चालन केन्द्र स्थापना र सञ्चालन
(५९) एकीकृत घुम्ती शिविर (विभिन्न ८ प्रकारका सेवा) सञ्चालन
(६०) कार्यकक्षहरूको नम्बर र नाम उल्लेख भएको बोर्डमा परिमार्जन तथा व्यवस्थापन
(६१) मुख्य कार्यकक्षहरूमा प्रमाण पत्र तथा उपहार भित्तामा राख्ने व्यवस्था
(६२) गैससहरूको वार्षिक बजेट तथा कार्यक्रम गा।पा।को रातो किताबमा समेट्न शुरू
(६३) गाउँसभा सञ्चालन र व्यवस्थापनका लागि सचिवालयको व्ययस्था र जिम्मेवारी प्रदान
(६४) गा.पा.को दीर्घकालीन सोच (नारा) परिमार्जन र प्रयोग
(६५) कार्यविधि अनुसार विषयगत समितिहरूको पुनर्गठन तथा थप क्रियाशील एवम् आफ्नो प्रतिवेदन गाउँसभामा पेश गर्ने व्यवस्था
(६६) कार्यालयीय पत्रव्यवहार तथा लेखनहरूमा शुद्धाशुद्धि अपनाउन अभिप्रेरित
(६७) कर्मचारीले पालना गर्ने आचार संहिता पारित तथा लागू
(६८) जनप्रतिनिधिहरूलाई कार्यालयको सीम प्रयोग गर्ने गराउने व्यवस्था
(६९) कार्यालय अगाडि मूख्य सडकका निजी बोर्डहरू हटाई सार्वजनिक सन्देशहरू राख्ने व्यवस्था
(७०) शुद्धोदन पार्क अगाडि निजी व्यवशायहरू नराख्ने व्यवस्था
(७१) स्वास्थ्य सेवातर्फका फाजिल कर्मचारीहरूको पदस्थापन
(७२) नगर प्रहरी तथा सुरक्षा गार्डलाई आधारभूत तालिम प्रदान तथा गस्तीमा खटाउने व्यवस्था
(७३) वडा नं. ७ कै भवनबाट संयुक्त रूपमा चल्दै आएको वडा नं. ६ को सेवाप्रवाह आफ्नै वडाको स्थानबाट गर्ने गराउने व्यवस्था
(७४) विदेश र स्वदेशमा समेत भगिनी सम्बन्ध स्थापनाका प्रक्रियाहरूमा तिब्रता प्रदान
(७५) जिन्सी सामान लिलाम सम्बन्धी कार्यविधि पारित गरी सूचना निकाल्ने अन्तिम तयारी
(७६) गा.पा.मा भएरगरेका काम सम्बन्धी फिचर लेखन र प्रकाशनको अन्तिम तयारी
अन्त्यमा
कुनै पनि स्थानमा तोकिएको कार्यसम्पादन गर्नका लागि तत् तत् पक्षबाट गरिएको पृष्ठपोषण र प्रक्रियामा संलग्न रहनेहरूको सकारात्मक सहयोग नै मूख्य कडीका रूपमा रहने गर्दछ । एक्लोले गरेर केही पनि हुँदैन । साथ सबैको चाहिन्छ । साथ सहयोगले नै साना या ठूला सपनाहरू पुरा हुन्छन् । संस्थागत व्यवस्थापनमा पहिचानका पक्षहरूमा केही काम गर्ने प्रयास गरिएको छ । यस्ता खालका कार्यहरूले गा।पा।को स्थान केही हदसम्म उच्च बनेको देखिन्छ भने सकारात्मक सन्देश सम्त प्रवाह भइरहेको अवस्था छ । त्यसैले पनि आफूलाई धन्य सम्झदै समस्त वर्गलाई साधुवाद पनि टक्र्याउछु । जय शुद्धोदन ।