Shittalpati
आज छन्द दिवस मनाइँदै

पाल्पा, आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित दिवस मनाउन लागिएको हो ।

कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुर्नस्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिनलाई नै हरेक वर्ष छन्द दिवसका रुपमा मनाउन थालिएको हो । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिदै छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न साहित्य प्रेमीहरुले दिवसलाई महत्वका साथ मनाउने गर्छन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पि·ल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पि·ल हो । छन्द– अद्भुत साहित्य प्रयोगलाई कविताका माध्यमबाट उतार्नु भने त्यति सजिलो छैन । छन्दमुलक लेखन कठिन लेखन हो । लेख्नमात्र हैन, वाचन गर्न पनि उतिनै कठिन हुन्छ । ‘इ’ कार, ‘ऊ’ कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरुमा बाँधिएर कृति लेख्नु निकै चुनौतिपुर्ण हुन्छ । छन्द कवितालाई सनातन वैदिक परम्पराको धरोहरको रुपमा पनि लिइन्छ । यसको आफ्नै महत्व र पहिचान रहेको छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update