ज्योतिषस्मुकुन्द पोखरेल
पाल्पा
सामान्यतया रङ्गको सामूहिक प्रतिबिम्ब इन्द्रेणीमा देखिन्छ, जो सातरङ्गको हुन्छ। सत्व, रज, तम त्रिगुणात्मक रङ्गको मिश्रण नै अवस्थाअनुसार रातो, सेतो, कालो, पहेँलो, हरियो, निलो, खैरो, वैजनी, सुन्तला, खरानी, आकाशे आदि अनेकौं हुन्छन् । यस्ता रङ्गहरूको प्रयोग घरमा गरिएको हुन्छ । जसमा घरको कुन कुन स्थान, कोठामा कुन रङ्ग लगाउने रु सो निश्चित गर्नुपर्दछ । राशिको आधारमा रङ्ग तोकिएको हुन्छ । प्रत्येक रङ्गको आ(आफ्नै विशेषता र महत्त्व हुन्छ । प्रत्येश दिशाका दिग्पालको पनि आ(आफ्नै रङ्ग हुन्छ।
प्राकृतिक रूपमा रहेका गृहनिर्माणका सामग्रीलाई कृत्रिमता प्रदान गरी आँखाको सुन्दरताप्रतिको भोकलाई तृप्त पार्न घरमा रङ् लगाउने गरिन्छ । हेर्दा राम्रो लाग्यो भने मनमा सकारात्मक प्रभाव पर्दछ र कार्यतत्परता बढ्दछ । प्रत्येक रङ्गका आ(आफ्नै महत्त्व हुन्छन् ।
रातो रङ्ग (रातो रङ्गको वैदिक अवस्था रजोगुण हो । मंगल र सूर्यको राशिगत रङ्ग रातो हुन्छ। यो रङ्ग युद्ध, क्रोधको प्रतीक पनि हो। गुलाफको फूलमा भएको रङ्गलाई चाहि प्रेमको प्रतीकका रूपमा लिइन्छ । स्थान र परम्पराका आधारमा यो निषेधात्मक संकेतका रूपमा लिइन्छ भने सफलताको प्रतीकका रूपमा पनि लिइन्छ ।
सेतो रङ्ग (सात्विक स्वरूपका रूपमा सेतो रङ्गलाई लिइन्छ । सत्व भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको संकेतका रूपमा लिइन्छ। चन्द्रमा र शुक्रलाई सत्व स्वरूपको मानिन्छ। अन्य रङ्गलाई यस रङ्गले निषेध गर्दछ । अन्य रङ्गलाई प्रतिस्थापन गर्न योग सक्षम रहन्छ ।
कालो रङ्ग (तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा कालो रङ्गलाई लिइन्छ। तापक्रम र उज्यालोलाई यस रङ्गले शोषण गर्दछ। अज्ञान, अराजक, असफलता आदिको संकेतका रूपमा कालो रङ्गले संकेत गर्दछ। यो रङ्ग भएका ग्रहहरूमा शनि, राहु, केतु पर्दछन् ।
पहेंलो रङ्ग ( यो रङ्ग पनि प्रेमभावको प्रतिक नै हो। सात्विक आहार ,विहार, स्वच्छन्दताका रूपमा यसलाई लिइन्छ । बृहस्पति ग्रहको रङ्ग पहेँलो मानिन्छ। धन र मीन राशिमा पहेँलो रङ्गको विशेष प्रभाव पर्दछ । कर्मकाण्डीहरूले बुधलाई पनि पहेँलो नै मान्दछन् ।
नीलो रङ्ग ( यो निलो रङ्ग विशालता, गाम्भीर्य, स्निग्धताको प्रतिकका रूपमा लिइन्छ । केतु र राहूले यसमा विशेष प्रभाव पार्ने मानिन्छ। यो आकाशको रङ्ग पनि हो । यसलाई समन्वय र शान्तिको प्रतिविम्ब पनि मानिन्छ ।
हरियो रङ्ग (यो प्राकृतिक रङ्ग हो। अन्य रङ्गभन्दा शान्त, प्रमाणहीन, कम कान्तिवाला रङ्गलाई नै हरियो रङ्ग मानिन्छ । यो रङ्गको प्रभाव बुधग्रहमा विशेष पर्दछ । राशिगत रूपमा कन्या र मिथुन राशिमा हरियो रङ्गको प्रभाव रहन्छ। यो रङ्ग शान्तिदायक, निर्मल, सहनशील हुन्छ । यो रङ्ग आनन्ददायक हुन्छ। खरानीको सेतो, खैरो रङ्गलाई खराने रङ्ग मानिन्छ । यो रङ्ग पनि शान्त स्वरूपको मानिन्छ। घरमा रङ्गको प्रयोग गर्दा राशि, दिशा, अवस्था, कार्य स्थान आदिका आधारमा शुभाशुभ निक्र्यौल गरेर मात्र लगाउनु पर्दछ । सुन्दर र पर्याप्तताका आधारमा मात्र जुनसुकै रङ्ग लगाउनु हुँदैन ।