बुटवल, लुम्बिनी प्रदेश सरकारले पटके चेकिङ हटाउने तयारी गरेको छ । उसले १२ वटै जिल्लामा लगाइदै आइएका पटके चेकिङ हटाउने तयारी गरेको हो ।
प्रदेश सरकारले प्रदेशभित्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलमा घुम्न आउने बाÞय पर्यटकलाई ठाउँपिच्छे पटके चेकिङ गर्दा सास्ती भोग्नु परेको भन्दै हटाउने तयारी गरेको हो । पर्यटकहरूलाई सहज रूपमा आगमन हुन दिनुको साटो संघीय सरकार मातहतको प्रहरीले उनै बाह्य पर्यटकलाई अनावश्यक झन्झट दिने गरेको भन्दै आलोचना भइरहेको छ । विशेष गरी सीमा नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकले धेरै ठाउँमा प्रहरीको चेकिङले सास्ती बनाएको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले अनावश्यक चेकिङ हटाउने नीति लिइएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए । नाकाबाट नेपाल प्रवेश गरेपछि विभिन्न स्थानमा हुँदै आएको अनावश्यक चेकिङ हटाउनका लागि आवश्यक समन्वयको काम भइरहेको मन्त्री न्यौपानेले जानकारी दिए ।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित १२ जिल्लाका ३० भन्दा बढी महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाÞय पर्यटक पुग्छन् । लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिदै आएको छ प्रदेश सरकारले पर्यटन प्रवर्धन नै प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा उल्लेख गरेकाले पर्यटकलाई अनावश्यक सास्ती दिँदा पर्यटकको संख्या घट्ने भएकाले धेरै ठाउँको पटके चेकिङ हटाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।