पाल्पा, आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको हो । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ । समाजमा विज्ञानको महत्वपूर्ण भूमिका र वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको पाइन्छ । समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतलाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ ।