Shittalpati
पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

पाल्पा । जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा शुक्रबार दुई पुरुषको शव फेला परेको हो ।

तिनाउ गाउँपालिका ६ भिराले गैरामा सोही स्थानका ५५ वर्षका विरबहादुर रासकोटीको मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकीले बाटोमा मृत अवस्थामा रासकोटीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरीचौकी प्रभासका प्रहरी नायक निरीक्षक एक्काबहादुर नेपालीको नेतृत्वमा प्रहरी खटी अनुसन्धान थालेको छ । त्यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिका ४ रानिठाटीमा पनि एक पुरुषको शव फेला परेको छ । सोही स्थानका ५२ वर्षका गोपाल खनालको शव मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । के कति कारणले उनको मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले बाटोमा लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा प्रहरी खटिई घटनाको अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update