गुल्मी, जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ । दुई दिन अघि हराएकी रुचाल शुक्रबार साँझ हुग्दीखोलामा बिभत्स मृत अवस्थामा फेला परे पछि सो क्षेत्र तनाव ग्रस्त बनेको हो ।
मनिषा उदय मावि कक्षा ९ मा पढ्दै आइएकी थिइन् । उनी विहीबार दिउँसो हाफपाईन्ट र पहेलो टिसर्ट लगाएको अवस्थामा हराएकी थिईन । शुक्रबार साँझ पख खोला किनारमा भेटिएको मनिषाको शव फेला पर्दा उनी अर्थनग्न अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । उनको तल्लो पेट र माथी घाँटी देखि तल निर्वस्त्र अवस्थामा रहेकी थिइन् । जसले गर्दा मनिषाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।
प्रहरीले अनुसन्धान पछि शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उसले शान्तिपुर बजारमा रहेको मदरसा गुल्सानी मदीनाका कुरान प्रशिक्षक (धर्म गुरु) रहिस खानलाई नियन्त्रणामा लिएको हो । उनैले नै मनिषाको बलात्कारपछि हत्या गरेको स्रोतको दावी छ । घटना घटेको अघिल्लो दिन मनिषा र धर्म गुरु खानबिच फेसबुकमा दोहोरो संवाद भएको बुझिएको छ । जसले गर्दा अनुसन्धानमा हत्यारा पत्ता लगाउन प्रहरीलाई सहज भएको हो । प्रहरीले अहिले हत्यारा सार्वजनिक नगरे पनि भोलि आइतबार सार्वजनिक गर्ने तयार गरेको प्रहरी स्रोतले जनाएको छ । अहिले त्यहाँको मदरसा नै सिल गरिएको छ । आशंका गरिएका आधा दर्जनलाई शुक्रबार नै सोधपुछका लागि शान्तिपुर ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार आफुहरु अनुसन्धान नजिक पुगेको बताए ।
शान्तिपुरको श्रीलंका टोलमा आमा सहित डेरा गरी बस्ने मनिषा घर नजिकैको खेतमा धान झाँट्ने काममा गएकी थिईन् । त्यही ठाउँबाट उनकी आमा बाटुुले भन्ने धनमायाले खेतलाहरुलाई सुर्ति किन्न पठाए पछि उनी श्रीलंका टोलकी शान्ति थापाको घरमा सुर्ति किनेर फर्केको बुझिएको छ । सुर्ति किनेर फर्केदै गर्दा मदरसासम्म उनी पुगेको सिसिटिभीबाट प्रहरीले पत्ता लगाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधान र प्रहरी निरीक्षक किरान सापकोटा सहितको टोलीले अनुसन्धानलाई अन्तिम चरणमा पु र्याएको हो । निष्पक्ष अनुसंन्धानको माग र दोषी माथि कार्यवाहीको माग गर्दै अधिकारकर्मीको टोलीले प्रहरीलाई दवाब दिर्दै आएको थियो । प्रहरी प्रमुख प्रधानले भने ‘हामी घटनाको छानवीनमा नजिक पुगेका छौं छिट्टै टुङ्गोमा पुग्छौं ।’ मनिषाको शवलाई पोष्टमार्टका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ ।
प्रहरीले चन्द्रकोट गाउँपालिका–४ का वडाध्यक्ष बलबहादुर बस्नेत र स्थानीय वासिन्दाको सहयोग लिएर अनुसन्धान अगाडि बढाएको थियो । गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले घटनाको अनुसन्धानका लागि सबै पक्ष एक जुट भएर लागेको बताए ।