सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
काठमाडौँ, सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्