रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा बन्दाबन्दीको कारण समस्यामा परेका १२ हजार ५ सय बढी गरिब, मजदुर तथा अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार पहिलो चरणमा जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा १२ हजार ५ सय ४७ परिवारलाई राहत वितरण गरिएको हो । जसमा ४९ हजार १ सय ८२ परिवार लाभाम्वित भएका छन् ।
जिल्लामा केही स्थानीय तहहरुले दोस्रो चरणको राहत वितरण गर्ने तयारी गरिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । उनका अनुसार केही स्थानीय दास्रो चरणको राहत वितरण गर्नको लागि लगत संकलन गरिरहेका छन् । नेपाल सरकारको राहत वितरण मापदण्ड अनुसार गरिव विपन्न मजदुरको प्रति परिवार २० देखि ३० किलो चामल तथा दाल, नुन, तेल, सावुन लगायत खाद्यान्न बितरण गरिएको छ । पहिलो चरणमा छुटेका सबैलाई समेटेर, पहिलेको भन्दा धेरै गरिब, मजदुर तथा अति विपन्न परिवारलाई नछुटाई दोस्रो चरणको राहत वितरण गर्ने स्थानीय तहहरुले योजना बनाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार जिल्लाको रेसुङ्गा नगरपालिकाले पहिलो चरणमा १ हजार ४ सय ९१ परिवारलाई राहत वितरण गरिसकेको छ । जसमा ५ हजार ६ सय ६३ जना लाभाम्वित भएका छन् । मुसिकोट नगरपालिकाले पनि पहिलो चरणमा २ हजार १ सय ६२ परिवारलाई राहत वितरण गरेको छ । जसमा १० हजार १ सय ३१ जना लाभाम्वित भएका छन् । रुरुक्षेत्र गाउँपालिकाले पहिलो चरणमा ४ सय ९९ परिवारलाई राहत वितरण गरेको छ । जसमा १ हजार ९ सय ५० जना लाभाम्वित भएका छन् । चन्द्रकोट गाउँपालिकाले पहिलो चरणमा ४ सय ७० परिवारलाई राहत वितरण गरेको छ । जसमा १ हजार ८ सय ३९ जना लाभाम्वित भएका छन् । छत्रकोट गाउँपालिकाले पहिलो चरणमा ८ सय परिवारलाई राहत वितरण गरेको छ । जसमा २ हजार ८ सय १५ परिवार लाभाम्वित भएका छन् । ईस्मा गाउँपालिकामा १ हजार २ सय ४३ परिवारलाई राहत वितरण गरिएको छ । जसमा ५ हजार १ सय १५ जना लाभाम्वित भएका छन् । मालिका गाउँपालिकाले १ हजार ८ सय ३३ परिवारलाई पहिलो चरणको राहत वितरण गरेको छ । जसमा ९ हजार २ सय २१ जना लाभाम्वित भएका छन् ।
त्यस्तै धुर्कोट गाउँपालिकाले ७ सय ७९ परिवारलाई पहिलो चरणको राहत वितरण गरेको छ । जसमा २ हजार ८ सय ८३ जना लाभाम्वित भएका छन् । कालिगण्डकी गाउँपालिकाले १ हजार २ सय ३३ परिवारलाई पहिलो चरण को राहत वितरण गरेको छ । जसमा ४ हजार ९ सय ९९ जना लाभभाम्वित भएका छन् । सत्यवति गाउँपालिकाले ४ सय ४९ परिवारलाई पहिलो चरणको राहत वितरण गरेको छ । जसमा १ हजार ६ सय ५१ जना लाभाम्वित भएका छन् । त्यस्तै गुल्मीदरबार गाउँपालिकाले ७ सय ९२ परिवारलाई पहिलो चरणको राहत वितरण गरेको छ । जसमा २ हजार ९ सय १५ जना लाभाम्वित भएका छन् । भने मदाने गाउँपालिकाले ७ सय ९६ परिवालाई राहत वितरण गरेको छ ।
राहत वितरणका लागि जिल्लाका १२ वटै स्थानीय तहहरुले आ–आफ्नै तरिकाले विपद् व्यवस्थापन तथा राहत कोष स्थापना गरेका छन् । उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, लघुवित्त समाजसेवी, जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायतले विपद् व्यवस्थापन तथा राहत कोषमा राहत रकम जम्मा गर्दै आएका छन् ।