सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’
बिहीबार, असोज १०, २०८१
सुनको भाउ बढेको बढ्यै, किन्ने भन्दा बेच्ने ग्राहक बढे
मंगलबार, असोज ८, २०८१
सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि सुनको भाउले एकपछि अर्को कीर्तिमानी बनाइरहेको छ । यो साता निरन्तर उकालो लागेको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला एक लाख ५९ हजार दुई सयमा किनबेच भइरहेको छ ।
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा
आइतबार, असोज ६, २०८१
पाल्पाको निस्दी गाउँपालिका मित्यालकी शान्ती सारु (परिवर्तित नाम)को १५ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २३ वर्षकी भइन् । सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनाहरुलाई मनभित्रै खुम्च्याउनु परेको छ ।
पाल्पाली व्यवसायीको फन्दामा ‘पोके व्यापारी’
बुधबार, असोज २, २०८१
जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारी धमाधम पाल्पाली व्यवसायीको फन्दामा पर्न थालेका छन् । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारी समेत नगरी भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक, अण्डा, कुखुरा, औषधि,...
पोके व्यापारी समाउँदै पाल्पा उद्योग वाणिज्य संघ
सोमबार, भदौ ३१, २०८१
पाल्पा उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालेको छ ।
पाल्पाको पर्यटन विकासका लागि अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल
आइतबार, भदौ ३०, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाको पर्यटकीय विकासका लागि अग्रसर हुन जिल्लावासीलाई आग्रह गरेका छन् ।
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर
शनिबार, भदौ २९, २०८१
पाल्पामा चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन दोब्बर देखिएको छ । करदाता सेवा कार्यालय पाल्पाका अनुसार अघिल्ल्लो अर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरले राजस्व संकलन भएको हो ।
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता
बिहीबार, भदौ २७, २०८१
गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
पाल्पामा बढ्दो आत्महत्या
मंगलबार, भदौ २५, २०८१
पछिल्लो समय पाल्पामा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र जिल्लामा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढ छ ।
बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’
सोमबार, भदौ २४, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ प्युघाका किसानलाई बाली जोगाउनै मुुस्किल पर्ने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि बाली जोगाउन यहाँका किसानलाई मुस्किल पर्ने गरेको हो ।
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता , अझै भएन पूर्ण
आइतबार, भदौ २३, २०८१
नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर,...
आज तिज : महादेवको उपासना गरेर मनाइँदै
शुक्रबार, भदौ २१, २०८१
हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ ।


