Shittalpati
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् । छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेष्टुरेण्टबाट जुवाडेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
विश्व आदिवासी दिवस मनाइने
विश्व आदिवासी दिवस मनाइने उनान्तीस औँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।
नेपालले युएइलाई हरायो
नेपालले युएइलाई हरायो एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग जिल्लाको माथागढी गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको विषयमा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै पालिकाको काममा अहोरात्र खटिएकै अवस्थामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा लेखापाल कर्मचारीमाथि गत असार २७ गते भएको दुर्व्यवहार र...
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि  ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।
आगोको राँको बालेर लुतो फालियो
आगोको राँको बालेर लुतो फालियो साउने संक्रातिका दिन आगोको राँको बालेर लुतो फालिएको छ । साउन १ गतेका दिन साँझ घर–घरका छत/आगनबाट आगोको राँको बालेर लुतो फालिएको हो । विशेषतः पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फालिएको छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने  जनविश्वास...
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरियो
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरियो तानसेन खानेपानीको कार्यालयमा लागेको ताला आज फोरिएको छ । तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज बिहान १०ः३० बजेको समयमा ताला फोरेको हो ।
पद्धति फेरियो प्रवृत्ति फेर्ने कसले र कहिले ?
पद्धति फेरियो प्रवृत्ति फेर्ने कसले र कहिले ? संविधानत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक हौँ हामी तर व्यवहारमा अनुभूति गर्न सकिएको छैन । २०६२/०६३ यता नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा एकल र संयुक्त सरकार बने तर नागरिकले गणतन्त्रको प्रतिफल अनुभूत गर्न पाएनन् भन्ने गुनासो ज्यूँ का त्यूूँ छ । भाषणमा नेताहरुले नेपाललाई समुन्नत तुल्याएको दावि गरेका...
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज अहिले केही समयपछि समितिको ताला फोरेर मुचुल्का तयारी गरी आज देखि कार्यालय सुचारु गर्ने निर्णय भएको छ ।
Weather Update