Shittalpati
गुल्मीमा पहिरोले ट्रक बगायो
गुल्मीमा पहिरोले ट्रक बगायो जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ७ स्थित खसीमारे भन्ने स्थानमा पहिरोले ट्रक बगाएको छ । बुटबलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध लगातार बर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल, तिनाउँ गाउँपालिकाको वडा नंं ३ सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्र, पाल्पा पोखरा सडक खण्डको राम्दी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको हो ।
पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा
पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ ।
कमजोर रोजगार कार्यक्रम
कमजोर रोजगार कार्यक्रम सबै नागरिकलाई रोजगारी दिलाउने उद्देश्य राखेर सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिएपनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
‘सिरी ए’ को उपाधि युभेन्टसलाई
‘सिरी ए’ को उपाधि युभेन्टसलाई इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले हात पारेको छ । साम्पडोरियालाई दुई–एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।
खेतमा पसेको भल तर्काउन गएका युवकको मृत्यु
खेतमा पसेको भल तर्काउन गएका युवकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ असेर्दीमा खेतमा पसेको भल तर्काउन गएका एक युवकको मृत्यु भएको छ । सोमबार रातीदेखि आएको अविरल वर्षाका कारण खेतमा पसेको भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको हो ।
गुल्मीमा अपराधिक घटनामा वृद्धि
गुल्मीमा अपराधिक घटनामा वृद्धि जिल्लामा पछिल्लो एक वर्षमा अपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले एक वर्षको उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा वृद्धि भएको जनाएको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो ।
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग पछौटेपन उन्मूलन समाज (बेस) नेपालले जिल्लाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ । युकेएडको सहयोगमा केयर नेपालमार्फत प्राप्त भएको राहत सामग्री जिल्लाका १० वटै स्थानीय तहका प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गरेको हो ।
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध
पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध वर्षाका कारण स्याङ्जाको कालिगण्डकी गाउँपालिका भित्रका सडक अवरुद्ध बनेका छन् । लगातार परेको बर्षाका कारण गाउँपालिका १ को ठाटिभञ्ज्याङमा पहिरो जादा मिर्मी कारीकोट सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा पर्ने खहरेखोलामा आएको बाढीले मोटरबाटोमा ठूलो खाडल परेपछि अहिले मिर्मी कोटाकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
Weather Update