Shittalpati
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो ।
उत्पादनमा वृद्धि गरौं
उत्पादनमा वृद्धि गरौं नेपालले स्वदेशी उत्पादनलाई बढवा नदिएकै कारण देश परर्निभरता तिर गएको छ । नेपालमा निर्यातलाई भन्दा पनि अयातलाई बढीभन्दा बढी प्रथामिकता दिनु परेका कारण हरेक वस्तुहरुमा परर्निभरता बढ्दै गएको छ ।
आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्‍याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह
आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्‍याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुगिन् । विगत दश वर्षदेखि मृगौला औषधी गर्दै आएकी विकको उपचारमा लाखौं खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे ।
गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’
गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’ जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सामुदायिक विद्यालयलाई ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालय र २ वटा बाल विकास केन्द्रलाई गाउँपालिकाको प्राङ्गणमा थर्मल गन हस्तान्तरण गरेका हुन् ।
एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि
एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८ सय ९१ नमुना परीक्षण गर्दा ५ सय ५६ महिला र ९ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सन्दर्भ : विश्व मुटु दिवस, मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव
सन्दर्भ : विश्व मुटु दिवस, मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् ।
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोः १६ जना अझै बेपत्ता
बाढीपहिरोः १६ जना अझै बेपत्ता यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर असोज १ गतदेखि निषेधाज्ञा हटेसँगै लामो दुरीका गाडी, आन्तरिक हवाई उडान, होटल, रेस्टुरेण्ट र सबै खाले बजार पसल खुलेका छन् । केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पनि अर्थतन्त्र सामान्य अवस्थामा जाने आशा पलाएको छ ।
Weather Update