पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
शनिबार, कात्तिक २२, २०७७
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम
शनिबार, कात्तिक २२, २०७७
फरर्वाड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी बिमा रकम भुक्तानी गरेको छ । संस्थाको पाल्पा शाखाले जिल्लाको रिब्दीकोट गाउँपालिका २ का पदम कला बुढाथोकीको श्रीमान केशरबहादुर लाम्टाङ्गेलाई धितो कर्जा वापतको सदस्य बिमा रकम हस्तान्तरण गरेको हो ।
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षीय विनित बस्यालको मृत्यु भएको हो ।
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै
शनिबार, कात्तिक २२, २०७७
चर्चरे, सराई–आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्न लागेको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको चार करोड बढी लगानीमा पक्की पुल बन्न लागेको हो ।
रामपुरमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रामपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिका २ भलायटारका हाकिम बहादुर थापालाई गोठमा लुकाएर राखेको अवैध एक नाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ हो ।
सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबाको वैकल्पिक मार्ग बन्ने
शनिबार, कात्तिक २२, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाभित्र पर्ने सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको छ । संघीय, प्रदेश र रैनादेवी छहरा सरकारको समपुरक बजेटमार्फत पिचको कार्य अगाडि बढेकाले पाल्पा सहित गुल्मी, अर्घाखाँची, रुपन्देही, बागलुङ लगायत जिल्लाका नागरिकहरुका लागि सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको हो ।
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना
शनिबार, कात्तिक २२, २०७७
फोन, इन्टरनेट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको एनसेल आजियाटा लिमिटेडले कोरोना सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सञ्चालन गरेको हो ।
रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
शुक्रबार, कात्तिक २१, २०७७
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
शुक्रबार, कात्तिक २१, २०७७
नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, कात्तिक २१, २०७७
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।
१ सय ६५ जनामा स्क्रबटाइफस
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।
भोकाहरुको गाँस नखोसियोस्
शुक्रबार, कात्तिक २१, २०७७
काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा भोका, नांगा र असहायहरूका लागि स्वयम्सेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार सार्वजनिक भएपछि यसको सर्वोत्र आलोचना भएको छ । कोरोनाका कारण रोजी रोटी गुमाएर भोकभोकै सडकमा आएका नागरिकहरुलाई केही स्वयम्सेवक संस्थाहरुले खानाको व्यवस्था गरिरहेका बेला महानगरपालिकाका प्रमुखले दिएको यस्तो...


