कोदो संरक्षणमा ध्यान देऊ
मंगलबार, मंसिर ९, २०७७
छुट्टाछुट्टै घटनामा पाल्पाका दुई युवकको मृत्यु
मंगलबार, मंसिर ९, २०७७
पाल्पा र बुटवलमा भएका छुट्टाछुट्टै घटनामा पाल्पाका दुई युवकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ, भने टिपरले मोटरसाईकललाई ठक्कर दिँदा बुटवलमा अर्को एक युवकको मृत्यु भएको हो ।
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते
सोमबार, मंसिर ८, २०७७
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना भएको छ । आज (सोमबार) साझाँ रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नं.को जिप दुर्घटना भएको हो ।
मंसिर १० देखि माथागढीका विद्यालय खुल्ने
सोमबार, मंसिर ८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर १० देखि सञ्चालन हुने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि
सोमबार, मंसिर ८, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ
सोमबार, मंसिर ८, २०७७
पाली कांग्रेसबाट नवनिर्वाचित मोहनप्रसाद पाण्डेले संघीय सांसदको पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटामार्फत पाण्डेले सपथ लिएका हुन् ।
गरिबीले छेक्यो पढ्ने रहर
सोमबार, मंसिर ८, २०७७
“बिरामी भएर बा मरें, आमाले अर्काे बिहे गरेर गइन्, मलाई गाउँलेले हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आएका बेसाहारा करण बादीले आफ्ना पीडा यसरी बिसाए ।
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु
सोमबार, मंसिर ८, २०७७
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु
सोमबार, मंसिर ८, २०७७
जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना भएको छ । आज (सोमबार) विहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।
लोप हुँदै कोदो खेती
सोमबार, मंसिर ८, २०७७
पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो ।
पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र
सोमबार, मंसिर ८, २०७७
कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेका नेपालका पर्यटकीय धार्मिक स्थलहरु धमाधम खुल्न थालेका छन् । सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि देशका पर्यटकीय धार्मिक स्थलहरु पर्यटकका लागि खुला गरिएको छ ।

