Shittalpati
भाइरसको नयाँ स्वरुप
भाइरसको नयाँ स्वरुप चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला पुनःबेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण देखिएको विषयले यति बेला सर्वत्र चासो र चिन्ता बढेको छ । नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा सहभागी हुन गुल्मी काँग्रेसको आग्रह
प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा सहभागी हुन गुल्मी काँग्रेसको आग्रह नेपाली काँग्रेस गुल्मीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा हुन लागेका विभिन्न कार्यक्रमहरुमा सम्पूर्ण जिल्लाबासीहरुलाई सहभागीको लागि आग्रह गरेको छ ।
पाल्पामा १५ जना कोरोना संक्रमित थपिए
पाल्पामा १५ जना कोरोना संक्रमित थपिए पाल्पामा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई मंगलबार र बुधबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह
सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन...
विदेशबाट फर्केर सामूहिक तरकारी खेती
विदेशबाट फर्केर सामूहिक तरकारी खेती विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ ।
तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन
तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन तानसेनमा संस्थागत विद्यालयको अनुगमन गरिएको छ । तानसेन नगर सरकारको कार्यापालिकाको बैठकले अनुगमन समिति नै बनाएर तानसेनका २१ वटा संस्थागत विद्यालयमा अनुगमन गरेको हो ।
२० हजार भन्दा बढीले पाए कोरोना बिमाको भुक्तानी
२० हजार भन्दा बढीले पाए कोरोना बिमाको भुक्तानी कोरोना बिमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बिमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बिमा भुक्तानी पाएका छन् ।
समस्याको समाधानमा ध्यान दिऊ
समस्याको समाधानमा ध्यान दिऊ मुलुकको राजनैतिक अवस्था अत्यन्तै तरल हिसाबले बगिरहेको छ । संसद् विघटन पछि नेपालको राजनैतिक, सामाजिक अवस्थाप्रति कुनै न कुनै रुपमा समस्या सिर्जना भएको महशुस गर्न थालिएको छ ।
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो ।
Weather Update