Shittalpati
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल महान जनयुद्धका सशक्त योद्धा गिरबहादुर थापा विरबलको निधन भएको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
थप १ सय ५० जनामा कोरोना
थप १ सय ५० जनामा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेकोछ ।
कोरोनालाई खेलाँची नठानौं
कोरोनालाई खेलाँची नठानौं पछिल्लो समय नेपालमा कोरोना भाइरसको सक्रमणको अवस्था केही मात्रमा घट्दै गए पनि पुनः उकालो लाग्न थालेको छ । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो । छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ...
पाल्पामा शिक्षक परीक्षामा धाँधली भएको गुनासो
पाल्पामा शिक्षक परीक्षामा धाँधली भएको गुनासो पाल्पा, शिक्षक परीक्षामा धाँधली भएको पाइएको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको पाइएको हो ।
राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारी
राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारी तानसेन नगरपालिका ५ को वडा कार्यालयमा राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारीहरु । सरकारले आमनागरिकहरुलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको यो अभियानमा नागरिकहरुको उत्साहजनक रुपमा सहभागिता भइरहेको वडा अध्यक्ष रामबहादुर रावलले बताए ।
युनाईटेड फाईनान्सको २५ औं शाखा तानसेनमा
युनाईटेड फाईनान्सको २५ औं शाखा तानसेनमा युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो नयाँ शाखा पाल्पाको तानसेनमा विस्तार गरेको छ । फाईनान्सले २५ औं शाखाको रुपमा तानसेनको विशाल बजारमा विस्तार गरेको हो ।
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो जिल्लाको तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा हटाउन आगो लगाइएको छ । राष्ट्रिय वन अतिक्रमण गरी अस्थायी घरटहरा बनाएर अतिक्रमण गरिएको उजुरीपछि टहरा हटाउन आगो लगाइएको हो ।रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले व्यवसायिक प्रयोजनका लागि वनको जग्गा अतिक्रमण गरि टहरा निर्माण गरेका थिए ।
कौसी खेती गर्न जुटे तानसेनका महिला
कौसी खेती गर्न जुटे तानसेनका महिला पछिल्लो समय सहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहरवासीको आकर्षण बढ्न थालेको छ । आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेपछि अधिकांशले घरको कौसीमै भए पनि धेरथोर तरकारी लगाउन थालेका छन् । सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन समेत मुस्किल छ ।
गुल्मीमा पनि राष्ट्रिय जनगणनाको कार्यालय
गुल्मीमा पनि राष्ट्रिय जनगणनाको कार्यालय राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि गुल्मीमा पनि कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भईरहेको छ । कार्यालय स्थानपनासँगै जिल्ला जनगणना समन्वय समितिको बैठक समेत बसेको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए ।
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना जिल्लाको बगनासकाली गाउँपालिकाका वडाहरुमा जन्मदर्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. १, २ र ६ मा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।कार्यक्रमा जन्मदर्ता सम्बन्धी कानुनी व्यवस्था, जन्मदर्ता सम्बन्धी भएका निर्देशन तथा परिपत्रहरू सम्बन्धी जानकारी, जन्मदर्ताको आवश्यकता र महत्व, बालमैत्री व्यवहार, बाल अधिकार, जन्मदर्ताको लागि संलग्न गर्नुपर्ने...
Weather Update