प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी
शुक्रबार, पुस १५, २०७९
‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने
शुक्रबार, पुस १५, २०७९
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो ।
आज ‘पुसे पन्ध्र’ पर्व
शुक्रबार, पुस १५, २०७९
देशभर आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।
गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम
शुक्रबार, पुस १५, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले सक्षम कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकास अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाले बृटिश काउन्सिलको सहयोगमा पालिकाको विद्यालय शिक्षामा चालु आर्थिक वर्षदेखि सक्षम कार्यक्रम लागु गरेको हो ।
रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण
शुक्रबार, पुस १५, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने अनुशिक्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाले रामपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय सुशासन जोखिम मूल्याड्ढन सम्बन्धी अनुशिक्षण गराएको हो ।
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार
शुक्रबार, पुस १५, २०७९
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । रेसुङ्गा नगर सरकारको पहलमा यहाँ हाडजोर्नी सेवा विस्तार गरिएको हो ।
रेसुङ्गा नगरपालिकाले हाडजोर्नी विशेषज्ञ राख्नका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि यहाँ हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवा विस्तार हुन थालेपछि भने सेवाग्राहीलाई सहज भएको छ ।
यस वर्ष धान उत्पादन बढ्यो
शुक्रबार, पुस १५, २०७९
यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ ।
फेरि बढ्न थाल्यो कोरोना संक्रमण
बिहीबार, पुस १४, २०७९
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुकमा संक्रमणमा बढ्दै जान थालेपछि नेपालमा पनि त्यस असर देखा पर्न लागेको हो ।
पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो
बिहीबार, पुस १४, २०७९
पछिल्लो केही दिन यता पाल्पासहित लुम्बिनी प्रदेशका अधिकांस जिल्लाहरुमा चिसो बढेको छ । मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको हो ।
नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी
बिहीबार, पुस १४, २०७९
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।
२५ बैंकले चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने
बिहीबार, पुस १४, २०७९
सम्झौता विपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौता विपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो ।
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने
बिहीबार, पुस १४, २०७९
नयाँ राजनीतिक समीकरण बनेसँगै लुम्बिनी प्रदेशको सरकार एमाले–माओवादी सहित सातदलीय गठबन्धनकै बन्ने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा यहाँ पनि एमाले गठबन्धनमै सामेल भएकाको सरकार बन्ने निश्चित देखिएको हो । तर, नयाँ बनेको गठबन्धनको अंकगणित हेर्दा प्रदेश सरकारको भागबण्डा मिलाउन एमाले–माओवादीलाई सहज भने देखिँदैन ।
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व
बिहीबार, पुस १४, २०७९
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।


