राष्ट्रपति भण्डारी बुटवलमा
बिहीबार, पुस ७, २०७९
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने
बिहीबार, पुस ७, २०७९
छक्का पञ्जा–४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए ।
होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’
बिहीबार, पुस ७, २०७९
घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् ।
पाल्पामा सुन्तला कृषकलाई तालिम
बिहीबार, पुस ७, २०७९
जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
बिहीबार, पुस ७, २०७९
सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
रुपन्देहीमा क्रिकेट प्रतियोगिता
बुधबार, पुस ६, २०७९
रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।
काँग्रेस संसदीय दलको नेतामा देउवा
बुधबार, पुस ६, २०७९
काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
बुधबार, पुस ६, २०७९
सामान्य कुराकानी चलिरहेका बेला दुई/चार जनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो । त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आवद्ध गराउँदै छ जिल्लामा विस्तार...
बिजुलीबाट ११ अर्ब १६ करोड
बुधबार, पुस ६, २०७९
पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।
पाल्पामा ट्रक र मोटरसाईकल ठोक्किदाँ एकको मृत्यु
मंगलबार, पुस ५, २०७९
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ४ भैरवस्थानस्थित बाहुनडाँडामा मंगलबार साँझा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलको पछाडी सवार रिब्दीकोट ६ ठिमुरेका ३० वर्षीय नरबहादुर गाहाको ज्यान गएको हो ।
काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी
मंगलबार, पुस ५, २०७९
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
तानसेनमा तीन सय बढी तोपका गोला भेटिए
मंगलबार, पुस ५, २०७९
जिल्लाको तानसेनमा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
मंगलबार, पुस ५, २०७९
नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।


