Shittalpati
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्नै पार्टीको नेतृत्वलाई कडा आलोचना प्रहार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि आफ्नै नेतृत्वलाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचनात्मक दनक दिएका हुन् ।
मेगा र इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा
मेगा र इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा गएका छन् । मेगा बैंकको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै मर्जर प्रक्रियामा गएका हुन् ।
अब पोलियो विरुद्धको खोप १४ हप्तामा
अब पोलियो विरुद्धको खोप १४ हप्तामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था...
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।
बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित
बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो ।
पाल्पामा नयाँ अस्थायी साधन ‘सायना प्रेस’ बारे छलफल
पाल्पामा नयाँ अस्थायी साधन ‘सायना प्रेस’ बारे छलफल परिवार नियोजनको नयाँ अस्थायी साधनका रुपमा आएको ‘सायना प्रेस’का बारेमा पाल्पामा छलफल तथा अन्तक्र्रिया गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले पाल्पाका सञ्चारकर्मीहरुसँग ‘सायना प्रेस’का बारेमा छलफल तथा अन्तक्र्रिया गरेको हो ।
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्धन महोत्सव गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा महोत्सव गरिएको हो ।
कोरियाका गाई नेपालमा
कोरियाका गाई नेपालमा दक्षिण कोरियाका गाई नेपाल ल्याइएको छ । हेफर कोरियाले नेपाललाई १ सय १ उन्नत जातका गाई नेपाल पाठाएको हो । जहाजमार्फत गाई नेपाल ल्याइएको छ । कोरियाका कृषकले नेपाललाई अनुदान–उपहार स्वरुप बाछी र २० साढे दिएको छ । ति गाईहरू अहिले सिन्धुली पुर्‍याइएको छ ।
पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा
पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा नेकपा एमालेले चुनावी समीक्षा गरेको छ । एमाले रैनादेवी छहरा गाउँपालिका कमिटीले वडा नंं १ को सिद्धेश्वरमा चुनावी समीक्षा गरेको हो । मंसिर ४ गते भएको आम निर्वाचनको समीक्षा, पार्टी सदस्यता नविकरण लगायतका विषयमा छलफल भएको थियो ।
दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति नेपाल विद्युत प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चार वर्षदेखि अड्किएको रेडियो फ्रिक्वेन्सीको अनुमति प्राधिकरणले पाएको हो ।
Weather Update