गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
बिहीबार, पुस २१, २०७९
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा
बिहीबार, पुस २१, २०७९
जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी बारे शिक्षा दिएको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि दुुई दिने सहकारी शिक्षा दिएको हो ।
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान
बिहीबार, पुस २१, २०७९
ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।
सेवा प्रवाह सुधार
बिहीबार, पुस २१, २०७९
मुलुकमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुन सकिरहेको छैन । सरकारले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनता बीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोडौं : सांसद गैरे
बुधबार, पुस २०, २०७९
पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोड्नुपर्ने बताएका छन् । बुधबार तानसेनमा जिल्ला सहकारी संघ पाल्पाको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संघीय सांसद् गैरेले जिल्लामा सहकारी अभियानले आर्थिक विकासका साथै उत्पादन, उद्यशीलता र रोजगारीलाई जोड दिनुु पर्ने बताएका हुन् ।
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा
बुधबार, पुस २०, २०७९
जिल्ला सहकारी संघ पाल्पाले १० औं वार्षिक साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा
बुधबार, पुस २०, २०७९
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
बुधबार, पुस २०, २०७९
लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि
बुधबार, पुस २०, २०७९
लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँच वर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए ।
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग
बुधबार, पुस २०, २०७९
जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
बुधबार, पुस २०, २०७९
नरबहादुर रानालाई मिर्गौला सम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैला सम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा छन् ।
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई
बुधबार, पुस २०, २०७९
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिङ्कले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको अवार्ड वल्र्डलिङ्क प्राप्त गरेको हो ।


