इन्टरनेटको लतमा बालबालिका
मंगलबार, माघ २४, २०७९
टर्की र सिरियामा भूकम्प : सयौंको मृत्यु
सोमबार, माघ २३, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो ।
भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु
सोमबार, माघ २३, २०७९
भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश...
बढ्यो सुनको मूल्य
सोमबार, माघ २३, २०७९
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख चार हजार छ सय तोकिएको छ ।
राष्ट्रियसभाबाट तीन विधेयक पारित
सोमबार, माघ २३, २०७९
राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु
सोमबार, माघ २३, २०७९
नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा आजदेखि यहाँ सेमिनार सुरु भएको हो ।
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
सोमबार, माघ २३, २०७९
कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ११ हजार ६ सय ३५ कित्ता संस्थापक शेयर माघ २२ गतेदेखि विक्रीमा ल्याएको हो ।
रामपुरमा पोखरा वि.वि.को क्याम्पस ल्याउन छलफल
सोमबार, माघ २३, २०७९
पाल्पाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस ल्याउने विषयमा छलफल भएको छ । स्थानीय सरकार,सरोकारवाला र पोखरा विश्वविद्यालय बिच रामपुरमा आंगिक क्याम्पस सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
प्रेस चौतारी पाल्पाले मनायो स्थापना दिवस
सोमबार, माघ २३, २०७९
श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औँ स्थापना दिवस तथा आफ्नो साधारण सभा मनाएको छ । चौतारीले आइतबार पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा पुुगेर स्थापना दिवस तथा साधारण सभा मनाएको हो ।
‘चरी लैजा समाचार, हामी भयौं बेघरबार...’
सोमबार, माघ २३, २०७९
‘चरी लैजा समाचार, हामी भयौ बेघरबार...’ अञ्जान बाबुको स्वरमा गुञ्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएको मनोहरापुरमा रहेको झुप्रो साहुले भत्काइदिएपछि केउलीको परिवार अहिले बेघर भएको छ ।


