Shittalpati
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।
लोकवार्ता सम्मेलन
लोकवार्ता सम्मेलन पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा यी जिल्लामा ११ औँ लोकवार्ता सम्मेलन चलेको हो । पाल्पामा शनिबार र आइतबार सम्मेलन गरिएको छ भने गुल्मीमा सोमबार र मंगलबार सम्मेलन हुँदैछ । यस्तै बुधबार र बिहीबार अर्घाखाँचीमा सम्मेलन चल्ने छ । तीन जिल्लाको सदरमुकाममा भइरहेको...
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन...
आज ग्याल्पो ल्होछार मनाइदैं
आज ग्याल्पो ल्होछार मनाइदैं आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको भेन्टिलेटर हटाइएको छ । मुम्बईमा रहेका नेपाली काँग्रेसका नेता योगराज कंडेलका अनुसार आज बिहानसम्म सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेका कारण परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।
ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु
ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु स्याङजाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । जगत भङज्याङबाट मिर्दीतर्फ ढुङगा लिएर आउँदै गरेको ग. १ त. ६८८६ नं.को ट्याक्टर आइतबार राती आफै अनियन्त्रित भई दुर्घटना हुुँदा चालक र सह–चालकको मृत्युु भएको हो ।
लुम्बिनी प्रदेश सरकार विस्तार
लुम्बिनी प्रदेश सरकार विस्तार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन हरेक वर्षको फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ । आइतबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्,...
‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार
‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार ‘कृष्ण’ उपन्यासलाई यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्यकार रेग्मीका जम्ल्याहा कृति विमोचन
साहित्यकार रेग्मीका जम्ल्याहा कृति विमोचन पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका जम्ल्याहा कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित शीत बालकथा ‘अर्ती’ र षडऋतु बालकाव्य संग्रह ‘अक्षमाला’को एक भव्य समारोहका बिच विमोचन गरिएको हो । शीत काव्य समाज बागमती प्रदेश र षडऋतु काव्य समाज नेपालको आयोजनामा अथकका दुुई कृति विमोचन भएको छ ।
Weather Update