माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा
बुधबार, फागुन १०, २०७९
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
बुधबार, फागुन १०, २०७९
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि तानसेनले हात पारेको छ । माथागढीमा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले उपाधि चुमेको हो । तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा
बुधबार, फागुन १०, २०७९
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताएका छन् । उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताए ।
युएई र कतार जान ट्याक्सी चालकलाई रोक
बुधबार, फागुन १०, २०७९
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता
बुधबार, फागुन १०, २०७९
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा पानी नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि बुुधबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । टोल –टोलबाट स्थानीय उपभोक्ताहरु तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् ।...
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग
बुधबार, फागुन १०, २०७९
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।...
अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
बुधबार, फागुन १०, २०७९
जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् ।
‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’
बुधबार, फागुन १०, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले विकासलाई उद्यम र व्यवसायसँग जोडनुपर्ने बताएका छन् । पाल्पाको रामपुरमा भएको महोत्सवको समापनलाई सम्बोधन गर्दै उद्योगपति समेत रहेका उनले विकास सँगसगै आर्थिक क्रान्ति अहिलेको आवश्यकता रहेकाले विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्ने बताएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्रको प्रस्ताव र नेपालको राजनीति
बुधबार, फागुन १०, २०७९
केहि दिन अगाडि पूर्व राजा ज्ञानेन्द्रले नेपालको राजनीतिक दल र राजसंस्थाबिच सहकार्य गर्ने प्रस्ताव सहितको भनाई व्यक्त गरेका थिए । विगतमा यस्तै विचार भनाईहरु आउँदा राजनीतिक वृत्तमा छुट्टै अर्थ राख्दथ्यो भने गणतन्त्रवादी भन्ने राजनीतिक दलका नेतृत्व वर्गले यसको प्रतिवादमा आफुलाई उभ्याएको पाइन्थ्यो । जनताको जीवनस्तर सुधार गर्न इतिहास बोकेको राजसंस्थाको...
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु
मंगलबार, फागुन ९, २०७९
नेकपा एमाले पाल्पाले पार्टीको ‘मिसन ग्रासरुट’ अन्र्तगत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान तानसेनबाट शुरु गरेको छ । अभियानको एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले शुभारम्भ गरे ।
एकवर्षदेखि ओढारको बास
मंगलबार, फागुन ९, २०७९
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
मंगलबार, फागुन ९, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।


