ब्याजदर घटाउन व्यवसायीको माग
सोमबार, चैत २७, २०७९
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
सोमबार, चैत २७, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
सोमबार, चैत २७, २०७९
रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा
आइतबार, चैत २६, २०७९
नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले ‘वायरलेस नमस्ते वाइफाई सेवा सुुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
आइतबार, चैत २६, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
राजस्व सुधारका लागि छलफल
आइतबार, चैत २६, २०७९
पछिल्लो समय स्थानीय तहको आन्तरिक आय अवस्था अत्यन्त कमजोर देखिएको छ । संविधान र स्थानीय सरकार सञ्चारलन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहको कर संकलनको दायरा स्पष्ट गरे पनि राजस्व परिचालन गर्न नसक्दा आन्तरिक आय कमजोर देखिएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा
आइतबार, चैत २६, २०७९
पाल्पा उद्योग वाणिज्य संघले ६८ औं वार्षिक साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमकाबिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् ।
अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ
आइतबार, चैत २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन भन्दा बढी भएको छ । यसबीचमा मन्त्रिपरिषद् फेरबदल भए । फलतः यो पछिल्लो कार्यविभाजन हो । तथापि अझै केही प्राविधिक कारणले मन्त्रिपरिषद्ले अन्तिम पूर्णता भने पाएको छैन । तर पनि अब यो सरकारलाई काम नगर्ने छुट भने छैन ।
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
शनिबार, चैत २५, २०७९
जिल्लाको निस्दी गाउँपालिका–५ निस्दी खोलामा डुबेर एक बालिकाको मृत्युु भएको छ । पौडी खेल्ने क्रममा अचनाक पानीमा डुवी झिरुवासका बेदबहादुर सोतीको ७ वर्षीया छोरी उस्मी सोतीको मृत्युु भएको हो ।
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
शनिबार, चैत २५, २०७९
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा
शनिबार, चैत २५, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी गोखुङ्गामा महिलाको प्रजनन् स्वास्थ्य शिविर सञ्ंचालन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा भुवनपोखरीमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
गुल्मीमा निजामती कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन
शनिबार, चैत २५, २०७९
गुल्मीमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनद्वारा नयाँ वर्षको शुभकामनासंगै भित्तेपत्रो विमोचन गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुख्य नारासहित औपचारिक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान संगै भित्तेपत्रो विमोचन गरिएको हो ।
‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ लोकार्पण
शनिबार, चैत २५, २०७९
पाल्पाको भाषा, कला साहित्य र संस्कृति समेटिएको कृति लोकार्पण गरिएको छ । नारी साहित्य तथा संस्कृति प्रतिष्ठान पाल्पाले शनिबार तानसेनमा एक कार्यक्रमका बिच कृतिको लोकार्पण गरेको हो ।


