Shittalpati
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।
बेवारिसे शव पहिचान हुन सकेन
बेवारिसे शव पहिचान हुन सकेन गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ । डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घट्यो यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’ कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य...
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध नेपाल पत्रकार महासंघ पाल्पाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बाहिर पर्ने सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गरेको छ । महासंघ पाल्पाको मंगलबार बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको निर्यण अनुसार आगामी १० दिन भित्र नयाँ मापदण्ड भन्दा बाहिरका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको हो ...
ताहुँको वन कार्यालयको भवन निर्माणकार्यमा लापर्बाही
ताहुँको वन कार्यालयको भवन निर्माणकार्यमा लापर्बाही रम्भा ५ ताहुँको धोवादी स्थित वन कार्यालयको सव डिभिजन वन कार्यालय निर्माणका क्रममा ठेकेदारको चरम लापर्बाहीलाई जिल्ला वन कार्यालयले समयमै अनुगमन नगर्दा लार्पवाही भएको स्थानीयको गुनासो छ । निर्माण गर्दा जगमै सम्झौता अनुसारको गुणस्तर नभएको उपभोक्ताले दावा गरेका छन् ।
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना देखिएको हो ।
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सभापति अमर पुनले प्रशिक्षक परीक्षणले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा व्युठानको स्वर्गद्वारीमा भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ ।
जोखिम बाटो : रमिते ट्राफिक
जोखिम बाटो : रमिते ट्राफिक तानसेनका मुख्य बजार आफैमा साँघुरा बाटोले गर्दा सवारी साधन आवत जावतमा समस्या छन् । स्कूल र कार्यालय समयमा कतिपय बाटोहरु अत्यान्तै नाजुक र दुर्घटना हुने खतराको अवस्थामा छन् तर सम्बन्धित निकाय मौन रहिरहन्छ । तानसेनको मुटु, शित्तलपाटी हुँदै ठाडो गल्ली उक्लने बाटो दिन प्रतिदिन खतराको घण्टी बजिरहको छ ।
Weather Update