पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध
मंगलबार, असार १९, २०८०
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
मंगलबार, असार १९, २०८०
पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ
सोमबार, असार १८, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल
सोमबार, असार १८, २०८०
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथि छलफल भएको छ । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख तुलाराम (बसन्त) घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए ।
सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सोमबार, असार १८, २०८०
रुपन्देहीको कालिदह नाका हुँदैै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो ।
खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेकोमा जोड
सोमबार, असार १८, २०८०
खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पा शाखाले आयोजना गरेको ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्र्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।
मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन
सोमबार, असार १८, २०८०
पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालय हो । जहाँ मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान संकलन (जकात फण्ट) गरी विद्यालय सञ्चालन गरिएको छ ।
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
सोमबार, असार १८, २०८०
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह...
लुम्बिनीमा एमालेको विरोध कायमै, आइतबारको संसद बैठक पनि स्थगित
आइतबार, असार १७, २०८०
लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विरोध कायमै छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न पटक –पटक बैठक बोलाइए पनि एमाले सांसद्को विरोधका कारण स्थगित हुँदै आएको छ । आइतबारको बैंठक पनि एमालेका सांसदहरुको नाराबाजी पछि स्थगित भएको छ ।
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
आइतबार, असार १७, २०८०
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने व्यवस्था अनुसार नयाँ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।
एसइई नतिजा यसै हप्ता आउने
आइतबार, असार १७, २०८०
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार २३ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी काम गरेको जनाएको छ ।
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
आइतबार, असार १७, २०८०
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।
सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक
आइतबार, असार १७, २०८०
सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा...


