आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
बुधबार, वैशाख ६, २०८०
सेनाको गोरखा–जितगढी पदयात्रा
बुधबार, वैशाख ६, २०८०
नेपाली सेनाले चैत २९ गतेदेखि गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको छ । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा शुरू गरेको हो ।
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
बुधबार, वैशाख ६, २०८०
अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ ।
पाल्पा उद्योग वाणिज्यको सम्मान तथा क्यालेण्डर विमोचन, महोत्सवको तयारी तिव्र
बुधबार, वैशाख ६, २०८०
पाल्पा उद्योग वाणिज्य संघले संघको प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरुलाई सम्मान तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरेको छ । संघले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा क्यालेण्डर विमोचन गरेको हो ।
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै
बुधबार, वैशाख ६, २०८०
पाल्पा, तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको हो ।
कोरोनाबाट थप दुईको मृत्यु
मंगलबार, वैशाख ५, २०८०
कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण
मंगलबार, वैशाख ५, २०८०
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण गरिएको छ । पाल्पाली साहित्यकार तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा लिखित अस्तित्वको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।
पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै
मंगलबार, वैशाख ५, २०८०
पाल्पाबाट विभिन्न पेशा व्यवसाय, अध्ययन र रोजगारको शिलशिलामा काठमाडौंमा बस्दै आएका पाल्पालीहरुको साझा संस्था पाल्पाली संगमले काठमाडौंमा महोत्सव गर्न लागेको छ । संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्न लागेको हो ।
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि
मंगलबार, वैशाख ५, २०८०
स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित
मंगलबार, वैशाख ५, २०८०
पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको हो ।
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला
सोमबार, वैशाख ४, २०८०
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका –घोप्टेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापकोट नगरपालिका–८ दामाचौरकी ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
रामपुरमा उन्नत जातको विउ बोका वितरण
सोमबार, वैशाख ४, २०८०
जिल्लाको रामपुर नगरपालिकामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज (बेस) नेपालको सहजीकरणमा बोका वितरण गरिएको हो ।
कानुन सचेतना सम्बन्धी कार्यक्रम रामपुरमा सुरु
सोमबार, वैशाख ४, २०८०
स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सोमबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आयोजनामा नगरपालिका भित्रका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धी २ दिने सचेतना कार्यक्रम सुरु भएको भएको हो ।