नवजनचेतना राष्ट्रिय दैनिक २०८० फागुन १४ गते सोमबार
सोमबार, फागुन १४, २०८०
मिटरब्याज पीडितको गुनासो सम्बोधन गर
आइतबार, फागुन १३, २०८०
मिटरब्याजपीडितहरु २३ दिनको पैदलयात्रापछि बुधबार काठमाडौं पुुगेर आन्दोलन थालेका छन् । उनीहरूले सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका थिए ।
भूकम्प पीडितप्रति गम्भीर बन
शुक्रबार, फागुन ११, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको चार महिना पुग्नै लागेको छ । तर, सरकारले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसक्दा भूकम्प पीडितहरू चिसोकै कारण ज्यान गुमाइरहेका छन् ।
मातृभाषा जोगाऔं
बिहीबार, फागुन १०, २०८०
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ ।
काँग्रेस महासमितिमा रस्साकस्सी
बुधबार, फागुन ९, २०८०
सत्तारुढ दल नेपाली काँग्रेसको नीति अधिवेशन अर्थात महासमिति बैठक चलिरहेको अवस्थामा सरकार सञ्चालन प्रक्रियाको सुत्र गठबन्धनमै दरार आउने संकेतहरु अहिले आएर फेरि देखिन थालेका छन् ।
महासमिति बैठकको सान्दर्भिकता
मंगलबार, फागुन ८, २०८०
सोमबारदेखि ललितपुरको गोदावरीमा नेपाली कांँग्रेसको महासमिति बैठक सुरू भएको छ । बैंठकमा गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण लगायतका प्रतिवेदन पेश हुनेछन् ।
प्रजातन्त्र दिवसको सन्दर्भ
सोमबार, फागुन ७, २०८०
आज जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिन । फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो । जसलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।