नवजनचेतना राष्ट्रिय दैनिक २०८१ जेठ २१ गते सोमबार
सोमबार, जेठ २१, २०८१
राजनीतिक चरित्र देखाऊ
आइतबार, जेठ २०, २०८१
मुलुकको वर्तमान अवस्थाले गर्दा देश भित्र विभिन्न खालका समस्याहरु देखा पर्ने अवस्था आएका छन् । राजनीतिक अस्थिरताका साथै विकास र रोजगारीका सम्भावनाहरु समेत न्यून हुँदै गएको वर्तमान अवस्थाप्रति कुनै पनि दल, नागरिक समाज र वर्गिय रुपमा पनि चिन्ता र चासो देखिएको छैन ।
सुर्तीजन्य पदार्थ त्यागौँ
शुक्रबार, जेठ १८, २०८१
सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
बजेट पूर्ण कार्यान्वयन होस्
बिहीबार, जेठ १७, २०८१
सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेका हुन् । बजेटको आकार गत वर्षभन्दा ठूलो छ । जुन गत वर्षको भन्दा १ खर्ब ९ अर्बले बढी हो । गत वर्षको बजेट १७ खर्ब ५१ अर्ब...
पत्रकार महासंघ पाल्पाको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति
बुधबार, जेठ १६, २०८१
नेपाल प्रेस युनियन पाल्पाले नेपाल पत्रकार महासंघ पाल्पाको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत आफ्नो अनुकूल र स्वः मापदण्ड बनाएर केन्द्रीय समितिलाई पुरानै सिफारिसलाई सदर गर्न आग्रह गरेको निर्णप्रति युनियनले आपत्ति जनाएको हो ।
महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम दिदै पाल्पा जेसिज
बुधबार, जेठ १६, २०८१
पाल्पा जेसिजले महिलाहरुलाई नेतृत्व तथा क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । जेसिजले तानसेन नगरपालिका –५ को आर्थिक सहयोगमा तानसेनमा दुुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सञ्चालन गरेको हो ।
प्रतिपक्षसँग सरकार झुक्यो, संसदीय समिति गठन गर्न सहमति
बुधबार, जेठ १६, २०८१
सरकार प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न झुकेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सदन र सडक दुवै स्थानमा आवाज बुलन्द हुँदै गएपछि सरकार अन्ततः झुकेको हो ।
महिनावारीमा विभेद नगरौं
बुधबार, जेठ १६, २०८१
महिनावारी भनेको महिलाको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाका शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनको कारणले हुने गर्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो ।
पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, लुम्बिनीलाई ‘बर्थिङ’ हब बनाइने
मंगलबार, जेठ १५, २०८१
सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सो बजेट विनियोजन गरेको बताएका हुन् ।
रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर
मंगलबार, जेठ १५, २०८१
जिल्लाको रामपुर नगरपालिकाले नागरिकहरुको सेवालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा शिविर गरेको हो ।
गणतन्त्र दिवस र यसको सार्थकता
मंगलबार, जेठ १५, २०८१
संघीय लोकतान्त्रिक गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो हरेक वर्षको जेठ १५ अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन ।
नेपाल प्रेस युनियनको स्थापना दिवस : पाल्पाका पत्रकार पुगे फलफूल लिएर अस्पताल
सोमबार, जेठ १४, २०८१
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले ३३ औं स्थापना दिवस पाल्पा अस्पतालमा पुुगेर मनाएको छ । युनियनले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो ।
फेरि कोरोनाप्रति सतर्क रहौं
सोमबार, जेठ १४, २०८१
केही समय शून्य जस्तै बनेको कोरोना महामारी फेरी देखा पर्न थालेको छ । शुक्रबार कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रमण देखिएको छ । यसले थप त्रास पैदा गराएको छ । यस अघि ठूलो संख्यामा मानवीय क्षति पुर्याउनुका साथै विश्वकै अर्थतन्त्र तहसनहस बनाएको कोरोनाले अहिले विभिन्न स्वरुप परिवर्तन गर्दै देखा...


