प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत पाए
बुधबार, फागुन ३०, २०८०
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
बुधबार, फागुन ३०, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।

पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन
बुधबार, फागुन ३०, २०८०
लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।

बाँके र बर्दिया यात्रा एक अनुभूति
बुधबार, फागुन ३०, २०८०
मनभरी रहर र सपनाको घर अनि भावनाका विजहरु, भविष्यका फाँटहरुमा छर्दै–छर्दै हिँड्न यहाँ कहाँ सजिलो छ र ? चाहँदैमा मात्रै पनि कहाँ सकिन्छर ? हरेक यात्रामा दौडिनुुपर्छ, दौडिन नसके हिड्नुपर्छ । कतिखेर विश्राम नलिई सूर्य र जुनजस्तै हिँडिरहनु पर्छ । जीवनको यात्रामा हिड्न नसके घिस्रिनुपर्छ, जसरी कछुवा घिस्रिन्छ एकैनास ।

सुन र चाँदीको मूल्य घट्यो
बुधबार, फागुन ३०, २०८०
पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको सुनको भाउ मंगलबार भने घटेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।

सोमबार सुनको भाउ स्थिर
सोमबार, फागुन २८, २०८०
पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

‘ग्याल्पो ल्होसार माघ २७ मा थियो, सरकारले भने आज बिदा दियो’
सोमबार, फागुन २८, २०८०
शेर्पा समुदायले ग्याल्पो ल्होसार माघ २७ मै भए पनि सरकारले भने आज विदा दिएको बताएका छन् । सोमबार ताप्लेजुङका शेर्पा समुुदायले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्याल्पो ल्होसार गत माग २७ गतेका दिन मै परेको भएता पनि नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा दिएको...

आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा
सोमबार, फागुन २८, २०८०
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

चिर्तुङ्गधारामा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास
सोमबार, फागुन २८, २०८०
जिल्लाको बगनासकाली–१, चिर्तुङ्गधारा स्थित हिराबारीमा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाले ज्ञान मन्दिर भवनको शिलान्यास गरेको हो ।

सुनको भाउ बढेको बढ्यै
आइतबार, फागुन २७, २०८०
पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा सुनको मूल्य बढेर आइतबार नयाँ रेकर्ड बनाएको छ । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला एक हजारले बढेर नयाँ उचाइमा...

अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण
शुक्रबार, फागुन २५, २०८०
जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो ।

तानसेन ४ मा नारी दिवस : नारी हकहित र अधिकारका कुरा
बिहीबार, फागुन २४, २०८०
तानसेन नगरपालिका ४ मा नारी दिवसको अवसरमा कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका टोलविकास समितिमा आवद्ध महिलाहरुले बिहीबार ११४ औं दिवसको सन्दर्भ पारेर कार्यक्रम गरेका हुन् ।

कालिगण्डकी गाउँ सरकारको सार्वजनिक सुनुवाइ, अध्यक्ष थापा भन्छन् ‘जनताको सेवाप्रति प्रतिबद्ध छौँ’
बिहीबार, फागुन २४, २०८०
जिल्लाको कालिगण्डकी गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले चालु आर्थिक वर्षको फागुन २३ गतेसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा वडा– १ हर्मिचौरको फरिण्डाँडामा सार्वजनिक सुनुवाई गरेको हो ।