अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग
मंगलबार, चैत २०, २०८०

आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै
मंगलबार, चैत २०, २०८०
विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।

किसान महासंघ पाल्पा अध्यक्षको जिम्मेवारी अर्याललाई
सोमबार, चैत १९, २०८०
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पामा अध्यक्षको जिम्मेवारी जगन्नाथ अर्याललाई दिइएको छ । जिल्लाको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका अर्याललाई नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।

दुई विधेयक छलफलका लागि पारित
सोमबार, चैत १९, २०८०
प्रतिनिधिसभाको आइतबारको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

आज विश्व मूर्ख दिवस मनाइँदै
सोमबार, चैत १९, २०८०
आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।

तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु
शनिबार, चैत १७, २०८०
हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ ।
 (2).jpeg1711783300.jpg)
बा–आमासँग नगरप्रमुख कार्यक्रम
शनिबार, चैत १७, २०८०
बुटवल उपमहानगरपालिकाले बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । उसले जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाह गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार सुुनिश्चित गर्न बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो
शुक्रबार, चैत १६, २०८०
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।

रामपुरका सहकारी संस्थालाई तालिम
शुक्रबार, चैत १६, २०८०
जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत १५, २०८०
स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंधका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

गगनले थाले दोस्रो चरणको संवाद यात्रा
बिहीबार, चैत १५, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट दोस्रो चरणको संवाद यात्रा सुुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्रा सुरु गरेका हुन् ।

काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत
बुधबार, चैत १४, २०८०
नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।