Shittalpati
काठमाडौं जहाज दुर्घटना  : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित)
काठमाडौं जहाज दुर्घटना : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित) काठमाडौँमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको जहाज पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना
पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमान आज बिहान  काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।
लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज
लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सोमबार नियुक्त भएका आचार्यले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
रामपुरका कर्मचारीलाई अभिमुखीकरण
रामपुरका कर्मचारीलाई अभिमुखीकरण जिल्लाको रामपुर नगरपालिकाको सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
पूर्वखोला गाउँपालिकामा बेथिति : खरिद ऐनविपरीत पत्रिकामा सूचना ननिकाली लाखौंको औषधि खरिद
पूर्वखोला गाउँपालिकामा बेथिति : खरिद ऐनविपरीत पत्रिकामा सूचना ननिकाली लाखौंको औषधि खरिद जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ६१ औं प्रतिवेदनमार्फत औंल्याएको छ ।
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड साउनको पहिलो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक भिड लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
तिनाउ गाउँपालिकामा आर्थिक अनियमितता : करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी खर्च 
तिनाउ गाउँपालिकामा आर्थिक अनियमितता : करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी खर्च  पाल्पाको तिनाउ गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले संसदीय दलका नेता लिला गिरीलाई ब्याक गराएर दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।
Weather Update