Shittalpati
अप्पर हाइड्रोको आइपीओ खुला
अप्पर हाइड्रोको आइपीओ खुला अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणको लागि आइपीओ खुला गरेको हो । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेली चेलीहरुले पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन गरेका छन् । जिल्लामा रहेका गुल्मेली चेलीहरुको शनिबार तानसेनमा भएको भेलाले  गुल्मेली चेलीबेटी समुह गठन गरेको हो ।
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् ।  नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट  डा. कोइरालालाई  पुुरस्कृत गरेको हो ।
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।
 मिसन अस्पतालमा बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत् , जस लिने दाउमा राजनीतिक दल 
 मिसन अस्पतालमा बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत् , जस लिने दाउमा राजनीतिक दल  तानसेनस्थित युनाईट मिसन अस्पतालले  बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत राखेको जनाएको छ । साउन १२ गते पत्रकार सम्मेलन गरी साउन २१ गतेदेखि बिमा उपचार सेवा स्थगित गर्ने निर्णय गरेको अस्पतालले सो निर्णय यथावत् रहेको जनाएको हो । 
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै संगठन सुुदृढीकरणमा लागेको नेपाली काँंग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिन लागेको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्रले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
नेपाली क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्रले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’ 
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’  जिल्लाको बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पालिकाले गरेको निर्णय र समाचारमा आएका कुराहरुमा कुनै सत्यता नभई राजनीतिक पूर्वाग्रह साँधिएको बताएका हुन् ।
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको  हो ।
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला  
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला   जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३  पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७०  वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । 
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै  प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।
Weather Update