Shittalpati
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरू गरे विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे । अहिले उनि विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्...
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु...
चिकित्सक अभावले उपचार प्रभावित
चिकित्सक अभावले उपचार प्रभावित जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश
लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।  
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट  एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । 
रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख जिल्लाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा  चार करोड ३९ लाख रकम संकलन भएको छ ।
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
Weather Update