सुनको मूल्य तोलामा छ सयले घट्यो
आइतबार, असोज १३, २०८१

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
आइतबार, असोज १३, २०८१
नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।...

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
आइतबार, असोज १३, २०८१
काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।

अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी...

कालीगण्डकी करिडोर अवरुद्ध
शनिबार, असोज १२, २०८१
पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।

पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
शुक्रबार, असोज ११, २०८१
विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गरेका हुन्।

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
शुक्रबार, असोज ११, २०८१
निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताए ।
-1721213853.jpg)
सुनको मूल्यमा पाँच सयले वृद्धि
शुक्रबार, असोज ११, २०८१
लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने
शुक्रबार, असोज ११, २०८१
लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
शुक्रबार, असोज ११, २०८१
देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
शुक्रबार, असोज ११, २०८१
दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो ।