श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु
आइतबार, वैशाख १४, २०८२
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
शनिबार, वैशाख १३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।
आगलागीबाट चार वर्षीय बालकको मृत्यु
शनिबार, वैशाख १३, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।
नेपालमा कति छन् विद्यालय ?
शनिबार, वैशाख १३, २०८२
नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
शनिबार, वैशाख १३, २०८२
‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् ।
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
शनिबार, वैशाख १३, २०८२
विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।
तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण
शुक्रबार, वैशाख १२, २०८२
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार...
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
शुक्रबार, वैशाख १२, २०८२
धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पत्रकारमाथि दुव्र्यवहार गर्ने दीपेश यादव पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार स–ङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
बिहीबार, वैशाख ११, २०८२
हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रियास् पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित
बिहीबार, वैशाख ११, २०८२
भारतले जम्मु(कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले सीमा(पार आतंकवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।
तुलसीपुरमा जग्गा नापनक्साङ्कनको काम पुनः सुरु
बिहीबार, वैशाख ११, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९। ८७ वर्ग...

