दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
आइतबार, कात्तिक ११, २०८१

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
शुक्रबार, कात्तिक ९, २०८१
रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका हुन् ।

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
बिहीबार, कात्तिक ८, २०८१
उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् ।

कृषि एम्बुलेन्सले किसानलाई राहत
बुधबार, कात्तिक ७, २०८१
पनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।

बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने
बिहीबार, असोज १०, २०८१
दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन
आइतबार, असोज ६, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
सोमबार, भदौ ३१, २०८१
दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

दही बिक्री गरेर मनग्य आम्दानी
आइतबार, भदौ ३०, २०८१
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन ।

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
शुक्रबार, भदौ २८, २०८१
हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् ।

ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ
बुधबार, भदौ २६, २०८१
ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिकोप्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएरलगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’
सोमबार, भदौ २४, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ प्युघाका किसानलाई बाली जोगाउनै मुुस्किल पर्ने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि बाली जोगाउन यहाँका किसानलाई मुस्किल पर्ने गरेको हो ।

गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण
मंगलबार, भदौ १८, २०८१
गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् ।

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला
मंगलबार, भदौ १८, २०८१
कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्छिन। आठ कट्ठा जमिनमा खेती गरेकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाईन् । उनले बारीमा फलेका तरकारी बजारमा...