Shittalpati
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री बन्दाबन्दीमा पाल्पाको माथागढीका जंगल तथा बारीमा फलेका तरकारी तथा फलफूल २२ लाख बराबरको बिक्री भएको छ ।
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ बाँझो जमिन सदुपयोग गरी मकै तथा तरकारी खेती गरेमा रोपनीको आधारमा अनुदान दिने घोषणा गरेको रामपुर नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ ।
किसानको घरमै पुगेर योजना सम्झौता
किसानको घरमै पुगेर योजना सम्झौता कृषि ज्ञान केन्द्र गुल्मीले किसानको घरमै पुगेर योजनाहरुको सम्झौता गरेको छ । लकडाउनका कारण कृषकहरु सदरमुकाम तम्घास आउन नसक्ने र कृषकहरुले घरमै बसेर सामाजिक दुरी कायम गरी खेती गर्न सक्ने भएकाले कृषकहरुको बगैचा र घरमै गई केन्द्रले उनीहरुसँग योजना सम्झौता गरेको हो ।
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् ।
चट्याङ लागेर गाई फर्ममा क्षति
चट्याङ लागेर गाई फर्ममा क्षति जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
कुखुरा व्यवसायीलाई अनुदान
कुखुरा व्यवसायीलाई अनुदान बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा विक्री वितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि तीन लाख ५४ हजार अनुदान स्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
रासायनिक मल अभाव
रासायनिक मल अभाव नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन ।
लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा
लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका कुखुरापालक कृषक मारमा परेका छन् ।
गुल्मीका किसानलाई बाली भित्र्याउने  चटारो
गुल्मीका किसानलाई बाली भित्र्याउने चटारो जिल्लाका किसानहरु बाली भिर्याउने चटारोमा छन् । यतिबेला खेतबारीमा गहुँ पाकेको छ । गहुँ स्याहार्न मै किसानहरु व्यस्त छन् । देश लकडाउनमा छ, तर पनि ग्रामिण क्षेत्रका किसानहरु खेतबारीको काममै व्यस्त देखिएका छन् ।
उपभोक्तालाई सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै युवा संघ
उपभोक्तालाई सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै युवा संघ विश्वभर फैलिरहेको कोरोना महामारीका कारण सरकारले जारी राखेको लकडाउनले बजारमा प्राप्त मात्रमा तरकारी नपाइनु र पाइए पनि महङ्गो मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य बनेका बेला युवा संघ नेपाल पाल्पाले सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै आएको छ । लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउनुको साथै नागरिकलाई...
लकडाउनका बेला सहकारीले बेचिदियो काफल
लकडाउनका बेला सहकारीले बेचिदियो काफल पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी ३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म पुगेको हो ।
Weather Update