Shittalpati
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र रामपुर नगरको माथिल्लो भाग तथा फाँटको जंगल संग जोडिएका बस्तीहरुको कृषकका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ । कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थाले पछि समस्यामा रहेका कृषकहरुको सहजताको नगरका वडाहरु संग समन्वय गरी वितरण गरेको हो । रामपुर ५...
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार खस्यौली । कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ । कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगार लगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फ चार अर्ब ८६ करोड ३५ लाख विनियोजन...
पाल्पामा बन्दाबन्दीका बेला फलफूलका बिरुवाको माग बढ्यो
पाल्पामा बन्दाबन्दीका बेला फलफूलका बिरुवाको माग बढ्यो सुन्तलाको केस्राभित्रको दाना (बिँया) बाट पनि राम्रो आम्दानी हुन सक्छ भन्दा अनौठो लाग्छ । सुन्तलाको केस्रा खादा भेटिएको बिँयालाई बिउका लागि सुरक्षितसाथ सङ्कलन गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसानले बन्दाबन्दीको अवधिमा सुन्तलाको बिउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरेका छन् । सो गाउँपालिका–४,सल्लेधाराका ददीराम...
‘बाँदरले मकै च्यातेर नष्ट पार्‍यो, कोसँग हारगुहार गर्नू’
‘बाँदरले मकै च्यातेर नष्ट पार्‍यो, कोसँग हारगुहार गर्नू’ पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल र धपाउन बसेकालाई आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजिकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ । रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात,...
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ ।
कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण
कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
खेर गएको पाखोमा अलैँची खेती
खेर गएको पाखोमा अलैँची खेती निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका हुन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले उत्पादनको पहिलो वर्ष रु १५ हजार र दोस्रो वर्ष रु एक लाख ५० हजारको अलैँची विक्री...
कृषकलाई निःशुल्क विउ र मौरीघार
कृषकलाई निःशुल्क विउ र मौरीघार जिल्लाको माथागढी गाउँपालिका ४ का कृषकहरुलाई निःशुल्क तरकारीका विउ–विजन र मौरीघार वितरण गरिएको छ । गरिवसँग विशेश्वर कार्यक्रम अन्तर्गत कृषकहरुलाई निःशुल्क उन्नत जातका तरकारीका विउ–विजन र मौरी घार वितरण गरिएको हो । वडाका १६ जना कृषकहरुले मौरी घार र उन्नत जातको तरकारीका विउ–विजन निःशुल्क पाएका छन् ।
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको सातौँ नगरसभाको पहिलो बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति...
फोहोरबाट मल बनाउँदै नगर सरकार
फोहोरबाट मल बनाउँदै नगर सरकार पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहोर संकलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहोर संकलन थालिने छ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिए ।
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण नेपाली सेनाको गोरखदल गण पाल्पाले शुक्रबार फलफुलका विरुवा रोपण गरेको छ । सेनाले तानसेनस्थित सेन माविको परिसरमा नौ प्रकारका फलफूलका विरुवा रोपेको हो । विश्व वातावरण दिवसका अवसरमा सेनाले सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले जानकारी दिए । एक सिपाही...
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश पाँच ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिएन् । प्रदेश सरकारको १४ लाख ५० हजार, निस्दीको पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुई लाख...
Weather Update