लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत
शनिबार, पुस २, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
बुधबार, मंसिर २८, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।
एमालेबाट समानुपातिकमा ३४ सांसद छानिए
शनिबार, मंसिर २४, २०७९
नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो ।
काँग्रेसले टुंग्यायो समानुपातिक सांसद
शनिबार, मंसिर २४, २०७९
नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक कोटामा ३२ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको नाम टुङ्गो लगाएका हुन् ।
लुम्बिनी प्रदेशमा एमाले पहिलो
शनिबार, मंसिर २४, २०७९
लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले प्रदेशमा पहिलो दल बनेको हो ।
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
शुक्रबार, मंसिर २३, २०७९
नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी क्षेत्र नम्वर १ को सुदुरपुर्व कालीगण्डकी गाउँपालिका भित्र ठेक्का भएर रोकिएका र निर्माण भएकाहरुको स्तरोन्नती गर्न सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
गुरुङको संसद्मा तेस्रो यात्रा
सोमबार, मंसिर १९, २०७९
प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए ।
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो
शनिबार, मंसिर १७, २०७९
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६...
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो
शनिबार, मंसिर १७, २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।
नेपालको मुख्य रोग भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : डा.भण्डारी
शनिबार, मंसिर १७, २०७९
नेपाली काँग्रेसका नेता एंव प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा.चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । डा. भण्डारीले नेपाल बन्न नसक्नु र पछाडी पर्नुको मुख्य कारण भ्रष्टाचार भएको र त्यसको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताएका हुन् ।
वर्तमान नेतृत्वबाट चुनौतीहरू समाधान हुँदैन : डा. भण्डारी
शुक्रबार, मंसिर १६, २०७९
नेपाली काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्ने बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.भण्डारीले शुक्रबार तम्घासमा पत्रकारसँग भेटघाट वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्न बताएका हुन् ।
स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनले १५ हजार एक य ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना
बिहीबार, मंसिर १५, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफ्नो कुनै पनि लोभ र स्वार्थ नभएको बताएका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनबाट पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका रानाले आफ्नो लोभ र स्वार्थ नभएको केवल जनताको सेवा नै आफ्नो स्वार्थ भएको...


