पूर्वी पाल्पाको समग्र विकास गठबन्धनले गर्छ : गाहा
बुधबार, कात्तिक २३, २०७९
एमाले सरकार हुँदा विकासले गति लियो : आचार्य
बुधबार, कात्तिक २३, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नंं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य एमालेको सरकार हुुँदा विकास निर्माणले गति लिएको दावी गरेका छन् । उनले निस्दी र तिनाउका विभिन्न क्षेत्रका मतदताहरुसँग भोट माग्दै यस्तो बताएका हुन् ।
पाल्पामा गठबन्धनको पक्षमा जनलहर
मंगलबार, कात्तिक २२, २०७९
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पामा गठबन्धनको पक्षमा जनलहर देखिएको छ । गठन्धनका उम्मेदवारहरु गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा आम मतदाताहरु उनीहरुको पक्षमा देखिएका हुन् ।
समृद्ध समाज निर्माण गर्छु : सुवेदी
मंगलबार, कात्तिक २२, २०७९
पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् ।
पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन्छौं : गठबन्धन उम्मेदवार
सोमबार, कात्तिक २१, २०७९
पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अठोट लिएका हुन् ।
अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउँछौं : राना
सोमबार, कात्तिक २१, २०७९
प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउने बताएका छन् । सोमबार तानसेन नगरपालिका ५ का विभिन्न टोल र बगनासकालीमा भएको महिला भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा...
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे
शनिबार, कात्तिक १९, २०७९
नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताए छ ।
मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल
शनिबार, कात्तिक १९, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं. १ कचलको गठबन्धनको घरदैलो कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै उनले एमालेले तीस वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन...
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ
शनिबार, कात्तिक १९, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ
शुक्रबार, कात्तिक १८, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।
‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’
बिहीबार, कात्तिक १७, २०७९
पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे
बुधबार, कात्तिक १६, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।


